• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

स्थापना भयो पर्वत–नवलपरासी सम्पर्क समाज, अध्यक्षमा क्षेत्री

  •  
  • २०८१ जेष्ठ १३, आईतवार ०६:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+


    नारायण सुबेदी/मोहन पौडेल
    परासी, १३ जेठ । पर्वत जिल्लामा जन्मघर भई नवलपरासीमा बसोबास गर्दै आएका पर्वतेलीहरुको साझा संस्था पर्वत–नवलपरासी सम्पर्क समाजको स्थापना संगै नयाँ नेतृत्व चयन भएको छ ।

    समाजको शनिबार बर्दघाटमा सम्पन्न प्रथम अधिवेशनले भरत बहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
    समितिको उपाध्यक्षमा ताराबहादुर पाण्डे, महासचिवमा मोहन सापकोटा, कोषाध्यक्षमा लक्ष्मी अधिकारी, सचिवमा पदम बहादुर क्षेत्री निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा युवराज भुसाल, गीता पुरी, यमप्रसाद गुरुङ, दुर्गा कुमारी न्यौपाने, बिमला न्यौपाने, कृष्ण कुमारी तिवारी,कृष्णप्रसाद भुसाल, शिवकुमारी भट्टराई रहनुभएको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता सुदर्शन पन्तले जानकारी दिनुभयो ।
    समाजका संस्थापक अध्यक्ष टेकबहादुर आरसीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं.१६ का वडा अध्यक्ष भीमकाजी गुरुङले नवलपरासीलाई कर्मथलो बनाएका पर्वतेलीहरु संस्थागत हुनु राम्रो पक्ष रहेको भन्दै समाजलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले नवलपरासीमा बस्दै आएका सबै पर्वतेलीहरुलाई एकिकृत गर्दै एक अर्काको सुख दुःखमा सहभागि हुँदै उदाहरणीय कार्य गर्न पनि जोड दिनुभयो ।


    नवनिर्वाचित अध्यक्ष क्षेत्रीले पर्वत जिल्लामा जन्म भई विभिन्न पेशा, व्यावसाय तथा अध्ययनको शिलशिलामा नवलपरासी जिल्लामा बस्दै आउनुभएका सबै पर्वतेलीहरुलाई संगठीत गर्दै उनीहरुको हकहित एवं सामाजिक कार्यमा अग्रसर हुँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा समाजका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा संस्थापक सदस्य सोवित पुन, पत्रकार रामु भुसाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    Post Views: 235

    प्रकाशित मिति: २०८१ जेष्ठ १३, आईतवार ०६:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    बर्दघाट खानेपानीको साप्ताहिक कार्यक्रम: मुहान सरसफाइ तथा बृक्षारोपण
    रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीको अधिवेशन दोश्रो सम्पन्नः अध्यक्षमा खगेन्द्र अर्याल
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.