१ अशोज २०८३, बिहिबार

प्रतापपुरमा मजदुरका सन्ततीलाई निशुल्क पोशाक वितरण

मजदुर समाजका वास्तवीक गहना हुन ।

समाज गतिशिलतामा महत्वपूर्ण योगदान दिने मजदुरका सन्ततीहरुलाई निशुल्क पोशाक वितरण गरिएको छ ।


नेपाल टेडयुनियन काग्रेसद्धारा नवलपरासी/प्रतापपुरको भिट्ठामा संचालन गरिएको अनौपचारीक शिक्षा केन्दमा साक्षरताका निम्ती अध्ययनरत मजदुरका वावु नानोहरुलाई आज वुधवार आयोजीत कार्यक्रममा पोशाक प्रदान गरिएको हो ।
अनौपचारीक शिक्षा केन्द्रमा अध्यन गर्ने ४६ जना मजदुरका सन्तती वावुनानीहरुलाई प्रतापपुर गाउँपालिकाकि उपाध्यक्ष एवं कार्यक्रमकी प्रमुख अतिथी मानकुमारी चौधरीले पोशाक हस्तान्तरण गरेकि हुन ।


नेपाल टेडयुनियन काग्रेस नवलपरासीका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षतामा सम्पन्न भएको पोशाक वितरण कार्यक्रममा १न वडाध्यक्ष महेन्द्र चौधरी, नेपाल टेडयुनियन काग्रेस लुम्विनी प्रदेश सहसचिव सदानन्द गुप्ता, नेपाल शिक्षक संघका अध्यक्ष भोजराज चापागाई, नेपाल टेडयुनियन काग्रेस न.प.उपाध्यक्षद्धय टेक प्रसाद न्यौपाने/ जमुना पाठक, नेपाल टेडयुनियन काग्रेस प्रतापुर अध्यक्ष मान वहादुर चौधरी तथा पशुपती शिक्षा मन्दिर भिट्ठाका प्रमुख शिक्षक महेन्द्र प्रताप शिह लगायत मजदुर अभिभावकहरुको उपस्थिती रहको थियो ।


असंगठित मजदुरहरुको हकहित, संरक्षण र वकालत गर्ने अन्तराष्टिय संस्था JILLAF को सहायोंग़मा प्रतापपुर स्थित भिठ्ठामा रहेको पशुपती शिक्षा मन्दिर प्रगणमा विगत १० वर्ष देखि मजदुर सन्तततीहरुको साक्षरताका निम्ती अनौपचारीक शिक्षा केन्द्र संचालन हुदै आएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार