
गुल्मी /जेष्ठ २८
गुल्मीको कालीगण्डकी गाउँपालिकाले जेष्ठ नागरिकको स्वास्थ प्रबर्द्धन हेतु स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको छ । आयुर्वेद शाखा पुर्तिघाटको आयोजनामा अर्बेनी स्वास्थ्य चौकी प्रांगणमा सोमबार स्वास्थ्य कार्यक्रम सम्पन्न भएको हो ।


शिविर मा १०७ जना जेष्ठ नागरिक र सुत्केरी १५ जना गरि जम्मा १२२ जनालाई चेकजाँच गरेर आयुर्वेद औषधि वितरण गरिएको कालीगण्डकी गाउँपालिका आयुर्वेद शाखा पुर्तिघाटका प्रमुख हरि प्रसाद पन्थीले जानकारी दिएकाछन । गाउँपालिका उपाध्यक्ष , संपन्न कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष , जनप्रतिनिधि , स्थानीय लगाएतको उपस्थिति रहेको थियो ।





