३ कार्तिक २०८३, सोमवार

लुम्विनी प्रदेश सभासद जयसवाल पत्नी अन्जनीको १५औ दिनको पूण्य तिथिमा श्रद्धान्जली सभा सम्पन्न

परासी/ असार/०३

नवलपरासी निर्वाचन क्षेत्र नं २ (१)का लुम्विनी प्रदेश सभासद माननीय वैजनाथ जयसवालकी धर्मपत्नी अन्जनी जयसवालको स्वार्गारोहणको १५औ दिनको पूण्य तिथिमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ ।


नेपाली कांग्रेस क्षेत्र नं २ को आयोजनामा परासी स्थित जयसवाल निवासको प्रांगणमा श्रद्धान्जली सभा आयोजना गरिएको हो ।
नेपाली काग्रेस केन्द्रिय सहमहामन्त्री किशोर सिह राठौरको प्रमुख आतिथ्यता र क्षेत्रीय सभापती माधव पाण्डेको अध्यक्षतामा सम्पन्न श्रद्धान्जली सभामा नेपाली काग्रेसका प्रदेश सभापती अमरसिह पुन, प्रदेश महामन्त्री विक्रम खनाल, प्रदेश सभासद एवं नेका प्रदेश सदस्य विश्व प्रेम पाठक, प्रदेश सदस्य एवं सुनवलनगरका निवर्तमान मेयर भिम वहादुर थापा, नेका कार्यवाहक नवलपरासी सभापती विक्रम प्रसाद यादव, जिल्ला वरिष्ट नेता मोहन शर्मा लगायतका नेताहरुले बैजनाथ पत्नी एवं कृयाशिल सदस्य अंजनी जयसवालको मृत्युले पाटी संगठनमा अपुरणीय क्षती भएको वोध गर्दै शोक मन्तव्य व्यक्त गरेका थिए ।
२०३२ साल माघमा भारतमा

जन्मीएकी स्वं अन्जनी २०५१ सालमा सभासद वैजनाथसंग वैवाहिक वन्धनमा वाधिएकि थिईन । नेपाली काग्रेसकी कृयाशिल सदस्य एवं सभासद पत्नी अन्जनीको मृगौलामा समस्या हुदै व्रेन हेमरेज भई भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।


नेपाली काग्रेस पाटीका नेता कार्यकर्ता लगायत विभिन्न राजनैतिक दलका व्यक्ति एवं शुभेक्षुकहरुको समेत उल्लेख्य उपस्थिती रहेको श्रद्धान्जली सभालाई क्षेत्रीय समिती सदस्य मंन्जु गैरे बस्यालले औपचारीकरुपमा संचालन गरेकि थिईन ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार