३० अशोज २०८३, शुक्रबार

सुनवल ज्यामिरेमा संचालित स्वास्थ्य शिविरमा ७ नॅ वडावासीले लिए निशुल्क सेवा

No description available.

सुनवल । नेताहरूले निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू निर्वाचित भएसंगै विर्सिन्छन् र नागरिकहरू जहिले पनि ठगिईरहन्छन् भन्ने आम सवाललाई केही जनप्रतिनिधिहरूले चिर्ने प्रयास गरिरहेका छन् । निर्वाचनमा बोले जति सबै प्रतिबद्धताहरू पूरा नगरेपनि मुख्य(मुख्य एजेण्डाहरू पूरा गर्ने प्रयत्नमा छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरू । जसको उदाहरण हो  सुनवल नगरपालिका वडा नं. ७  निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार सुनवल वडा नं। ७ ले बृहत स्वास्थ्य शिविरको आयोजना गर्यो । बर्षको २ पटक निशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाउने प्रतिबद्धता अनुसार मंगलबार पहिलो चरणको स्वास्थ शिविर सम्पन्न भएको वडा अध्यक्ष नारायण आचार्यले बताए । उनले हरेक ६ महिनामा एक पटक वडावासीको निशुल्क परिक्षण गराउने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।

No description available.

मंगलबार तर्गौलीस्थित जनजागृति आधारभुत विद्यालयमा सम्पन्न शिबिरबाट ४२५ जना वडावासीले सेवा लिएको वडा कार्यालयले जनाएको छ । महिला तथा प्रसुती, नाक, कान, घाटी, मुख र आँखाको निशुल्क परिक्षण र औषधि समेत उपलब्ध गराईएको शिविरमा स्थानीयको राम्रो उपस्थिति रहेको वडा अध्यक्ष आचार्यले जानकारी दिएका छन ।

शिविरमा निशुल्क वितरण गरिने औंषधीको लागि पाल्पा सिमेन्ट र लक्ष्मी स्टिलले सहयोग गरेको वडाले जनाएको छ ।

यसअघि शिविरको उद्धाटन गर्दै सुनवल नगरपालिकाका उपप्रमुख सुर्यप्रसाद दुबेले नागरिकको स्वास्थ्य संबेदनसिलताप्रति चिन्तित भएर वडा नं। ७ ले शिविरको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै निरन्तरताको लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै देवदह मेडिकल कलेज तथा रिसर्च सेन्टरका अध्यक्ष गोपाल पोखरेलले आफुले व्यवसाय संचालन गरेको क्षेत्रका नागरिकलाई यथासक्य सहयोग गर्नु सामाजिक दायित्वलाई मनन गर्दै देवदह मेडिकल कलेजले शिविरमा निशुल्क प्राविधिक सहयोग उपलब्ध गराएको र आगामी दिनमा समेत विशेषज्ञ चिकित्सक सहितको प्राविधिक सहयोगका लागि आफुहरू तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, पाल्पा सिमेन्ट र लक्ष्मी स्टिलका प्रतिनिधिहरू लगायतको उपस्तिथि रहेको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार