परासी/चैत्र ११

नवलपरासी काग्रेसका परासीमा सम्पन्न वैठकले काग्रेसी कार्यकर्ताहरु उत्साहित वनेका छन् ।
विगत दशकौ देखी नवलपरासी काग्रेसमा देखिएको आन्तरीक २ समुह विच रहेको किचलोपूर्ण प्रतिश्पर्धा लाई आन्तरीक रुपमा व्यवस्थापन गर्ने निर्णय सहित सहमति वैठक सम्पन्न भएको भन्दै कांग्रेसीहरु उत्साहित भएका हुन ।
काग्रेस जिल्ला सभापती अर्जून कुमार पोखरेलको अध्यक्षतामा केन्द्रिय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कण्डेल, प्रदेश महामन्त्री विक्रम खनाल सहितका नेताहरुको उत्साहजन सहभागितामा परासीमा वसेको बैठकले विगतका आन्तरीक असहमतीहरु आत्म समिक्षा गर्दै नेताहरुले कार्यक्रम तथा सार्वजनीक सभामा समुह र व्यक्तिगत आरोप प्रत्यारोप नगर्ने गरि सहमती वैठकमा हस्ताक्षर गरेका छन् ।
बैठकले कृयाशिल सदस्यको नवीकरणको विषयलाई केद्रिय निर्देसन वमोजिम आगामी चैत्र १५ भित्र विधिपूर्वक केन्द्रमा पठाउने निर्णय गरेको छ ।
काग्रेस एकता विरुद्धका गतिविधि गरे विधान वमोजिम कार्यवाही अधि वढाउने समेत वैठकमा सहमती भएको जिल्ला प्रवक्ता कुलदिप आचार्यले जानकारी दिएका छन ।
हाल जिल्लामा पूर्व मन्त्री एवं केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल र काग्रेस लुम्विनी प्रदेश महामत्री विक्रम खनाल समुह विच आन्तरीक प्रतिश्पर्धा रहदै आएको छ । जिल्लामा पार्टीले समुहगत घात प्रतिघातका कारण निर्वाचनहरुमा पार्टीले पराजय भोग्नु परेको काग्रेस कार्यकताहरुको अनुभूति छ ।
पार्टीलाई समाजमा एक ढिक्का वनाएर लैजाने दिशामा हातेमालो गर्न जिम्मेवार नेताहरुको एकता बोधत्वको दायरा समेत फाराकिलो पार्दे जाने समेत सहमति भएको सभापती अर्जुन कुमार पोखरेलले जानकारी दिएका छन् । समुहगतरुपमा चरम असहमती रहेको नवलपरासी काग्रेसका नेताहरु एक टेवलमा वसी भएको शौहाद्धपूर्ण एकताको सहमतीले काग्रेस कार्यकताहरु उत्साहीत वनेको सामाजीक सन्जालमा देखिएका पोष्टहरुबाट प्रष्ट झल्कीएको देखिन्छ।



