सरोज धिताल-बर्दघाट/

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको आयोजनामा राष्ट्रीय सरसफाइ सप्ताह एवम विश्व वातावरण दिवस अन्तर्गत आज मुहान क्षेत्रमा सरसफाई तथा बृक्षारोपण गरिएको छ।
खानेपानी सस्थाको पहलमा बजारबिकाश समितिको पदाधिकारिहरु, बर्दघाट उधोग बाणिज्य सङका पदाधिकारिहरु, उघोग व्यापार संघ बर्दघाका पदाधिकारिहरु, टोलबिकाश सस्थाका पदाधिकारिहरु, नेपालप्रहरी लगाएत विभिन्न सस्था पदाधिकारी तथा उपभोक्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। सस्थाका अध्यक्ष दीपक लम्शालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सस्थाका प्रतिनिधिले मुहान तथा मुहानक्षेत्रमा नियमित सरसफाइ, मुहान श्रोतको दिगो सम्रक्षणको बारेमा सोच्नुपर्ने सूझाव दिएका थिए। कार्यक्रमा उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले अग्रजहरुले सम्रक्षण गरेर खानेपानीमा पुर्याएको योगदान अबिश्मरणिय रहेको बताउदै सस्थागत गर्नुपर्ने कार्यमा आफू र आफ्नो सस्था हरपल तयार रहेको बताउनुभयो।
उघोग व्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले बर्दघाट बजारको मेरुदन्डको रुपमा रहेको खानेपानी सस्था र मुहान सम्रक्षणमा सबै एकजुट भएर लागिपर्नु पर्ने भन्दै गरिएको बृक्षारोपणको पनि हेरचाहामा सबैले सहयोग गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो।
कार्यक्रमलाइ सम्बोधन गर्दै शिवनगर टोल बिकाश सस्थाका अध्यक्ष केशव बस्यालले खानेपानी सस्थाको दिगो पनका लागि समुदाय स्तरमा जनचेतना जगाउने, पानी खपत तथा पानीजन्य रोगबारे सचेत बनाउन सस्थाले खेल्नुपर्ने भुमिका बारे अवगत गराउदै सस्थाको खानेपानी ट्यान्की भित्र प्रयोग हुने फलामको लिस्नोको कारण आउनसक्ने पानीजन्य रोगको न्युनिकरणकालागी स्टिलको लिस्नो आफुले प्रदान गर्ने बाचा समेत गर्नुभएको थियो।
त्येस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट बजार बिकास समितिका अध्यक्ष गोबिन्द आचार्यले हाल भैरहेको मुलको पानीलाइ सुक्न नदिन मुहान क्षेत्रमा कस्ता बिरुवा रोप्न जरुरी छ भन्ने बिशयमा सल्लाहगरेर मुल सम्रक्षणमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो।
कार्यक्रमलाइ सम्बोधन गर्दै सस्थाका अध्यक्ष दिपक लम्सालले सल्लाह तथा सुझावका लागि सबैलाइ धन्यबाद प्रदान गर्दै सस्थाले पानी मुहान श्रोतको दिगो पनाकालागी बातावरणनाकुल बोट बिरुवा रोपिएको बताउदै सस्था सबलिकारणका लागि सबैको सल्लाह सुझाव आवस्यक पर्ने र आवस्यक्ता अनुसार सचेतनामुलक कार्यक्रमको सहजिकरण गर्दै अगाढी बढ्ने बिचार ब्यक्त गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष कमल थापाको रहेको थियो।
कार्यक्रम सन्चालन सस्थाका सचिव शोभाकान्ता कोइरालाले सन्चालन गर्नुभएको थियो।



