काठमाडौँ – अन्तर्राष्ट्रिय शिक्षा र अंग्रेजी दक्षता परीक्षाको क्षेत्रमा विशिष्ट पहिचान बनाएको एसएमएस एजुकेशन सर्भिसेसले हालै PTE (Pearson Test of English) सम्बन्धी एक विशेष इन्फर्मेसन सेसन आयोजना गरेको छ। सो कार्यक्रमले PTE परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरूलाई अत्यन्तै उपयोगी जानकारी प्रदान गरेको छ।

उक्त इन्फर्मेसन सेसनमा PTE का आधिकारिक प्रतिनिधि श्री सुमन कृष्ण श्रेष्ठ प्रमुख वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले PTE परीक्षा कसरी सञ्चालन हुन्छ, यसको स्कोरिङ प्रक्रिया, तयारी गर्ने विधि, अन्य भाषा परीक्षाहरूसँगको तुलना, र यो परीक्षाले कसरी अन्तर्राष्ट्रिय अध्ययनका अवसरहरू सहज बनाउने विषयमा स्पष्ट र व्यावहारिक जानकारी दिनुभयो।
कार्यक्रमको समापनमा एसएमएस एजुकेशन सर्भिसेसका प्रशासनिक निर्देशक श्री राजकुमार सुवेदीले PTE प्रतिनिधि श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “PTE अब नेपालका विद्यार्थीहरूका लागि भविष्य निर्माण गर्ने प्रमुख परीक्षा हो, र एसएमएस एजुकेशन सर्भिसेसले यस परीक्षाको तयारी गराउने सबैभन्दा भरपर्दो केन्द्रको रूपमा आफ्नो जिम्मेवारी पुरा गर्दै आएको छ।”
एसएमएस एजुकेशन सर्भिसेसलाई नेपालकै उत्कृष्ट PTE तयारी केन्द्रको रूपमा मानिन्छ। यहाँ अनुभवी प्रशिक्षकद्वारा संचालित तयारी कक्षा, अभ्यास परीक्षण, व्यक्तिगत फिडब्याक र रिजल्ट लक्षित रणनीति मार्फत विद्यार्थीलाई सफलता प्राप्त गराउने सुनिश्चितता दिइन्छ।
विद्यार्थीहरूको सपना साकार पार्ने अभियानमा अग्रणी भूमिका निभाउँदै आइरहेको एसएमएस एजुकेशन सर्भिसेसले यस सूचना सत्रमार्फत फेरि एकपटक आफूलाई Nepal’s Best PTE Center को रूपमा स्थापित गर्न सफल भएको छ।



