२९ अशोज २०८३, बिहिबार

क्यानडा जाने विद्यार्थीहरूका लागि ICCC द्वारा प्रि-डिपार्चर ओरिएन्टेसन सम्पन्न

काठमाडौँ , क्यानडामा अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि प्रि-डिपार्चर ओरिएन्टेसन सेसन अन्तर्राष्ट्रिय करियर काउन्सेलिङ्ग सेन्टर (ICCC) द्वारा २०७५ साउन १५ गते सफलतापूर्वक सम्पन्न गरियो। कार्यक्रम काठमाडौंको पुतलीसडकस्थित पुतलीहब बिल्डिङको आठौँ तलामा रहेको ICCC कार्यालयमा आयोजना गरिएको थियो।

क्यानडाको अध्ययन भिसा प्राप्त गरेका विद्यार्थीहरूका लागि यो कार्यक्रम अत्यन्त उपयोगी बन्यो। नयाँ देशमा जानुअघि आवश्यक तयारी, मनोबल र व्यावहारिक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख वक्ता ICCC का प्रबन्ध निर्देशक तथा वरिष्ठ शैक्षिक सल्लाहकार श्री राम खड्का, RCIC प्रमाणित भिसा विशेषज्ञ श्रीमती कृति खनाल, र वरिष्ठ प्रबन्धक श्री अमित श्रेष्ठ रहनुभएको थियो।

सेसनमा सुरक्षित तथा सस्तो आवास खोज्ने उपाय, क्यानडामा लैजानुपर्ने महत्त्वपूर्ण कागजात, आंशिक तथा पूर्णकालीन रोजगारीको सम्भावना, विदेशी विद्यार्थीहरूलाई लक्षित ठगीबाट कसरी बच्ने, र स्थायी आवास (PR) को योजना बनाउने प्रक्रिया लगायतका विषयमा विस्तृत जानकारी दिइयो। सहभागी विद्यार्थीहरूले वक्ताहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना जिज्ञासाहरू राख्न पाए।

कार्यक्रमले विद्यार्थीहरूमा नयाँ देशमा सुरूवात गर्न आत्मबल जगाउने काम पनि गर्‍यो। ICCC ले विद्यार्थीहरूको सफलताको मार्गचित्र निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको पुनः पुष्टि गर्‍यो।

समापनमा शुभकामना मन्तव्य, समूह फोटो र जोशिलो वातावरणबीच सबै विद्यार्थीले आफ्नो आगामी यात्रा प्रति विश्वास र उत्साहका साथ विदा पाए। ICCC को यस्तो निरन्तर प्रयासले यसलाई नेपालको शैक्षिक परामर्श क्षेत्रमा नेतृत्वदायी संस्थाको रूपमा पुनः प्रमाणित गरेको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार