
नवलपरासी । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जिल्लाका शितलहरबाट प्रभावित विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्नुभएको छ । केही दिन देखी वढिरहेको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारी पोखरेल र पत्रकार महासङ्घ सहितको टोलिले रामग्राम र पाल्हीनन्दनका ४१ विपन्न परिवारलाई न्यानो कपडा बितरण गरेको होे ।


रामग्राम नगरपालिका वडा नं १ का २० परिवार , रामग्राम ७ का २ परिवार र पाल्हिनन्दन गाउपालिका वडा नं ३ का १९ परिवारलाई घरमै पुगेर न्यानो कपडा अन्र्तगत कम्वल र टिशर्ट बितरण गरीएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

न्यानो कपडा किनेर लाउन नसक्ने विपन्न परिवारका लागि थप १ हजार थान कम्बल खरिद प्रकृया अन्तिम चरणमा पुगेको उहाले बताउनुभयो । प्रमुख जिल्लाा अधिकारी पोखरेलले शीतलहर ब्यवस्थापनमा सहकार्यका लागि सम्बन्धित सवै संंग अनुरोध पनि गर्नुभएको छ ।




