परासी/ वैशाख २ / युवराज पुन
दलित समुदायका प्रतीक-डा भिमराव अम्बेडकरको १३५औ जन्मजयन्तीपरासीमा मनाइएको छ ।

चमार युवा समाज,नवलपरासीद्वारा रामग्राम-उज्जैनीमा कार्यक्रम एक आयोजनामा गरी जन्म जयन्ती समारोहकोमनाईएको हो ।
चमार युवा समाज नवलपरासीका अध्यक्ष सन्जय कुमार चमारको अध्यक्षता र लुम्बिनी सांक्रीतिक नगरपालिकाकोकार्यवाहक अध्यक्ष कल्पना गौतमको प्रमुख अतिथ्यतामा समारोह सम्पन्न भएको हो ।
समारोहमां सरावल गाउँ पालिकाकि उपाध्यक्ष बास्मती चमार हरिजनको बिशिस्ट आथियता , पाल्हिनन्दनगाउँपालिका वडा नम्बर १३ का अध्यक्ष गोधन प्रसाद चमारकोको बिशेष आथियता रहेको समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेकोथियो ।
कार्यक्रममा चमार युवा समाजका उपाध्यक्ष पंकज कुमार चमारले स्वागत मन्तब्य तथा सुप्रीम हरिजन लगायतले आ आफ़नो धराना राख्नु भएको थियो ।कार्यक्रमको सन्चालन अजय हरिजनले गर्नु भएको थियो ।
दलित समाजले हरेक बर्श बैशाख १ गतेका दिन डा.भिमराव अम्बेडकरको जन्मजयन्तीको रूपमां भव्य रूपमा मनाऊदै आएको छ।



