९ कार्तिक २०८३, आइतवार

सुनवलमा सुरु भयो ३ महिने किशोरी आत्मरक्षा तालीम

न्युज फायर, सुनवल। पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकबी देबकोटा नमुना माध्यामिक विद्यालयमा आज देखी ३ महिने किशोरी आत्मरक्षा तालीम सुरु भएको छ । सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा विद्यार्थीहरूका लागि आत्मरक्षा तालीम सुरु भएको हो ।

तालिममा सुनवल नगरपालिका भित्रका ६ बिधालयका ५/५ जना किशोरीहरुको सहभागीता रहको छ । महाकबी देबकोटा नमुना मा.बि का खेल शिक्षक नारायण गुरुङले प्रशिक्षण दिने आत्मरक्षा तालिममा महाकबी देबकोटा नमुना मा.बि.लुम्बिनी मा.बि, जनसेवा मा.बि, रमवापुर मा.बि , सुनवल मा.बि र प्रगति मा.विका छात्राहरुको सहभागीता रहेको छ ।

आज एक कार्यक्रमका विच तालिमको उदघाट्नमा बोल्दै प्रमुख अतिथी सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले बिधालयका किशोरीहरुको लागि आत्मरक्षा तालिमको लागि सुनवल नगरपालीकालाई छनोट गरेकोमा सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीलाई धन्यवाद दिदै किशोरीहरुलाई आफुले सिकेको ज्ञान समाजमा अरुलाई पनि सिकाउन सक्ने गरि तालीममा सहभागी हुन आग्रह गर्नुभयो ।

सामाजिक बिकास डिभिजन कार्यालयका प्रमुख दिवाकर भन्डारिको अध्यक्षतामा भएको तालीमको उद्घाटनमा सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु गोतामे, महाकबी देबकोटा नमुना मा.बि.का अध्यक्ष ज्ञानहरि अर्याल , प्रध्यापक खेमलाल जोशी शर्मा लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार