३ कार्तिक २०८३, सोमवार

असंगठित क्षेत्र श्रमिकको अधिकारका लागी संगठित हुदै,नेईहेसिबु श्रमिक संघको नया नेतृत्व चयन

न्यूज फायर, सुनवल।असङगठित क्षेत्र श्रमिकको अधिकारका लागि संगठित संस्था नेपाल ईम्ब्रोईडरी हेन्डीक्राफ्ट तथा सिलाइ बुनाइ (नेईहेसिबु) श्रमिक संघ नवलपरासी पश्चिमको नया नेतृत्व चयन भएको छ । आज शनिबार सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा पुन : बलराम कवँरलाई सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्षमा कवँर सहित नवगठित १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा भुपराज परियार , महिला उपाध्यक्षमा राधा भुसाल, सचिवमा दिपक पौडेल, कोषाध्यक्षमा प्रेम नाथ कवँर , सहसचिवमा राधिका सापकोटा र सदस्यहरुमा क्रमशः सिर्जना थापा क्षेत्री, हुमा देवी सापकोटा , तारा देवी थापा, महेश परियार, लक्ष्मी कवर र रामु नेपाली चयन हुनु भएको छ ।

कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि ट्रेड युनियन पुर्व अध्यक्ष अयोध्य प्रसाद यादव, ट्रेड युनियन जिल्ला अध्यक्ष ज्ञानहरी अर्याल, ट्रेड युनियन जिल्ला सचिव धर्म चापागाई, निर्माण मजदुर संघ राष्ट्रिय उपाध्यक्ष सन्जय कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार