• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याडको प्रबर्द्धनका लागि नीतिगत व्यवस्था गर्न विधायकहरूको प्रतिबद्धता

  •  
  • २०७९ चैत्र २३, बिहीबार ११:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+


    ललितपुर । महिलाहरूले महिनावारीका समयमा प्रयोग गर्ने घरेलु, पुनः प्रयोग गर्न सकिने र स्वस्थकर प्याडको उत्पादन बढाइ घरेलु उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा विधायकहरूले जोड दिएका छन् । बुधबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको ‘महिनावारीको सवालः वर्तमान अवस्था र विधायकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसदहरूले नीतिगत रूपमै त्यस्ता उद्योगको प्रबर्द्धन गर्न तथा महिनावारीलाई मर्यादित र स्वस्थकर बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् ।


    कार्यक्रममा बोल्दै पूर्वमन्त्री सांसद हितबहादुर तामाङले देशभित्र सञ्चालनमा रहेका प्याड उद्योगलाई प्रबर्द्धन गरी स्वदेशी उत्पादनलाई नै प्रमुखताका साथ प्रयोगमा ल्याउन राज्यले नीतिगत व्यवस्था गर्न सक्ने बताउनुभयो । ऐन, कानुन र विधेयक निर्माण प्रक्रियामा आफूहरूको प्रत्यक्ष संलग्नता रहने हुनाले महिनावारीको विषय संसद र सरकारको प्रमुख प्राथमिकतामा पर्नुपर्ने उहाँले बताउनुभयो । सांसद तामाङले महिनावारी प्रक्रियाका बारेमा किशोरावस्था सुरु हुनुपूर्व नै बालबालिकालाई विद्यालय शिक्षा दिनुपर्ने र यसका लागि शिक्षानीतिमै व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो ।


    यस्तै पूर्वमन्त्री सांसद जुलीकुमारी महतोले सरकारले छाउपडी व्यवस्था हटाउन काम गरेपनि महिनावारीका बेला प्रयोग गरिने प्याड र स्वास्थ्यको विषय सरकारको कम महत्वमा परेको स्वीकार्नुभयो । देशभित्रै रोजगारी सिर्जना गरी प्याड बनाउने सिपको प्रबर्द्धन र उत्पादन गर्ने उद्योगलाई विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । सरकारले विद्यालयमा वितरण गर्न उपलब्ध गराएको प्याडसमेत उचितरूपमा वितरण हुन नसकेको उहाँले बताउनुभयो ।


    सांसद शुशिला श्रेष्ठले सरकारले विद्यालय क्षेत्रमा निःशुल्क वितरण गर्ने प्याड गुणस्तरीय नहुँदा झनै स्वास्थ्य समस्या बढ्ने भएकाले राज्य नै गम्भीर हुनुपर्ने तर्क राख्नुभयो ।


    सांसद ऐनबहादुर शाहीले महिनावारी र यसको स्वास्थ्यको विषय सार्वजनिक महत्वको र नीतिगत तहबाट काम गर्नुपर्ने विषय भएको औँल्याउँदै संसदमा आफ्नो शशक्त भूमिका रहने प्रतिबद्धता जनाउनुभयो ।


    सांसद छिरिङ ल्यामु लामा तामाङले कतिपय समुदायमा महिनावारीका भेदभावजन्य क्रियाकलाप नहुने गरेका कारण महिनावारी स्वास्थ्यको विषय ओझेलमा परेको स्मरण गर्नुभयो । उहाँले सामाजिक र धार्मिक समस्या नरहेका ठाउँमा शारीरिक समस्याबारे चेतना दिन आवश्यक रहेको औँल्याउनुभयो ।


    सांसद निशा डाँगीले नेपालमा उत्पादन हुने प्याडमा लाग्ने कर मिनाहा गर्न संसदमा पहल गर्ने बताउनुभयो । उहाँले संसद भवनभित्रै पनि शौचालयमा प्याड नभएको जानकारी दिँदै सार्वजनिक स्थलमा निःशुल्क प्याड पाइने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले विद्यार्थीका लागि दिने प्याड स्वदेशी उत्पादन हुन सके स्वदेशी उद्योगको प्रबर्द्धन हुने उहाँको विस्वास थियो ।


    सांसद सपनाराज भण्डारीले सञ्चार माध्यममा समेत विदेशी उत्पादनको प्रचार प्रसार हुँदा नेपालमा उत्पादित प्याडको बजारीकरण हुन नसकेको बताउनुभयो ।


    सांसद कल्पना मियाँ कुसारीले स्वेदशी उत्पादनमा विश्वास गर्ने परिपाटी नहुँदा पनि स्थानीय प्याड उद्योगहरू प्रबर्द्धन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।


    सांसद अनिशा नेपालीले लाजको विषय र विभेदको विषय बनाइएको महिनावारीका बारेमा जनस्तरमा चेतना पुर्‍याउन नसकिएको बताउनुभयो ।
    सांसद अमरबहादुर थापाले कुनै पनि देशको अर्थतन्त्र बलियो हुन सकेमात्र स्वदेशी उद्योग फस्टाउने उल्लेख गर्नुभयो । संसदमा महिलाका विषय र महिनावारीका विषय आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ थियो ।
    सांसद आशा वि.क.ले महिनावारीका बारेमा विधेयक बनाएर प्रक्रियामा लैजान सांसदका हैसियतमा आफ्नो पूणर् प्रयास रहने बताउनुभयो ।


    महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालका संयोजक गुणराज श्रेष्ठले महिनावारीका बेला महिलामाथि हुने विभेदले संविधानले व्यवस्था गरेका १० वटा विभिन्न मौलिक हकको हनन गरेकोप्रति सांसदहरूको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपालमा २७ वटा उद्योगले प्याड उत्पादन गर्ने गरेपनि प्रयाप्त नभएको र बजारीकरण हुन नसकेको बताउनुभयो ।


    ग्लोबल एक्सन नेपालका निर्देशक बि.के श्रेष्ठले विद्यालय तहको पाठ्यक्रममा राखिँदै आएको महिनावारी स्वास्थ्यको विषय ऐच्छिक विषयमा पारिएकोप्रति आपत्ति जनाउनुभयो । उहाँले देशैभरका विद्यालयमा महिनावारी शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो ।


    एक्सपोज नेपालका अध्यक्ष प्याडम्यान ज्ञान महर्जनले महिनावारीका बेला प्रयोग हुने अधिकांश प्याडमा ९० प्रतिशतसम्म प्लाष्टिकजन्य पदार्थको प्रयोग हुनेहुँदा यसले प्रजनन स्वास्थ्यसमेतमा असर गर्नेतर्फ सचेत गराउनुभयो । उहाँले कतिपय ‘डिस्पोजेबल प्याड’मा प्रयोग हुने डाइअक्सिन नामक केमिकल स्वास्थ्यका लागि हानिकारक रहेको बताउनुभयो । महर्जनले एक्सपोज नेपालले उत्पादन र प्रबर्द्धन गर्दै आएको पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याडका बारेमा जानकारी गराउनुभएको थियो ।


    कार्यक्रममा पत्रकारहरू मिनाकुमारी यादव, शोभा घिमिरे, प्रकाश बस्याल, यशोधा अधिकारी लगायतले महिनावारीका विषयमा सांसदको प्राथमिकतामा नपरेको, स्वस्थकर प्याड प्रयोगमा राज्यको ध्यान नपुगेको र महिनावारी स्वास्थ्यलाई महत्व नदिइएको बारे सांसदहरूसँग जवाफ मागेका थिए ।

    Post Views: 134

    प्रकाशित मिति: २०७९ चैत्र २३, बिहीबार ११:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सुस्ता पूगे सांसद खनाल: तटबन्ध लगायत समस्या हल गर्न देखिए प्रतिबद्ध
    २९ बर्ष पुग्दा रामग्राम नगरपालिकाले मनायो पहिलो पटक स्थापना दिवस
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.