
परासी । समाजमा मानिस अधिकासं विषयहरुमा जातभात, धर्म, लिंग, सम्प्रदाय, सम्पत्ती, पृष्ठभुमि लगायत विषय हेर्ने गरेको पाईन्छ । हरेक सहयोगमा पनि कुनै न कुनै स्वार्थ लुकेको हुन्छ । तर जीवनसंग जीवन जोडिएको रक्तदान कार्यमा भने मानिस स्वस्फुर्त रुपमा सहभागी हुन पुग्छ । यसरी रगत संग जीवन जोडिएको विषय भएकाले पनि रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन ।


त्यसैले पनि सोमवार विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी वालपुरी उपशाखा सरावल, पश्चिम नवलपरासीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । सभापति सन्जय मौर्यको अध्यक्षता तथा सरावल गाउपालिका प्रमुख सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा पालिका अध्यक्ष चौधरीले आफ्नो स्व-इच्छाले रगत दान गर्नु पुण्य कार्य भएकाले आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान भएको बताउनुभयो ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष वासमती हरिजन, तिरुपती वालाजी एग्रोप्रालिका प्रवन्ध निर्देशक गुणनिधि तिवारी, प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेल, नेपाल पे्रस युनियनका अध्यक्ष उमेश कुमार विक लगायतको उपस्थिति रहेको थियो ।

यसैविच विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले परासीस्थित पृथ्वी चन्द्र अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।




