• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी-बर्दघाटमा देशकै दोस्रो ट्रमा सेन्टरको शिलान्यास

  •  
  • २०८१ आश्विन १३, आईतवार १४:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+


    नवलपरासी/ असोज १३
    नवलपरासीको बर्दघाटमा देशकै दोस्रो ट्रमा सेन्टरको शिलान्यास गरिएको छ ।


    बर्दघाट नगरपालिकामा ९ करोड १ लाख ५३ हजार ७ सय ६४ रुपैयाँ लागतमा निर्माण हुने ट्रमा सेन्टरको शिलान्यास आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्नु भएको हो ।

    शिलान्यास समारोहमा मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन अस्पतालहरूको सेवाको आधारमा वर्गीकरण गर्नु पर्ने आवश्यकता औंल्याउनु भयो । धेरैले अस्पताललाई शैयाका आधारमा वर्गीकरण गरेको उल्लेख गर्दै मन्त्री पौडेलले शैयाका आधारमा नभइ सेवाका आधारमा अस्पतालहरुको वर्गीकरण गरि सेवालाई बिस्तार गर्नु पर्ने बताउनु भयो । मन्त्री पौडेलले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै स्वास्थ्य नीति निर्माण गर्नुको महत्त्वमा जोड दिनुभयो। उहाँले उपकरण र दक्ष जनशक्तिलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु उल्लेख गर्नु भयो ।

    हाल नेपालमा १० देखि १२ जना बिरामीले दैनिक स्वास्थ्य उपचारको लागि हारगुहार गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै, देशमा ५ लाख जनाले आफ्नो स्वास्थ्य उपचारको अभावका कारण गरिबीको रेखामुनि धकेलिने तथ्य प्रस्तुत गर्नुभयो। मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने तयारी भइरहेको र स्वास्थ्य बीमा प्रणालीलाई थप प्रभावकारी बनाउन रोजगारमा रहेका सबैले मासिक २ प्रतिशत योगदान गर्नुपर्ने बताउनुभयो। हालसम्म १६ लाख मानिसहरूले स्वास्थ्य बीमामा सहभागिता जनाइसकेको र आगामी वर्षहरूमा यस संख्या ६० लाख पुर्याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो। उहाँले जनसहभागिताको योगदानमा आधारित स्वास्थ्य बिमाबाट स्वास्थ्य सेवामा प्रदान गर्ने योजना रहेको बताउनुभयो।

    प्रतिनिधि सभा सदस्य विनोद चौधरीले काठमाडौं बाहिरको पहिलो पटक बर्दघाटमा बन्न लागेको ट्रमा सेन्टरले दुर्घटनामा पनि अकालमा ज्यान गुमाउनु नपर्ने उल्लेख गर्नु भयो । बर्दघाटमा बन्न लागेको ट्रमा सेन्टरले यात्रुहरूको बीमाको रूपमा कार्य गर्ने चौधरीले बताउनुभयो। उहाँले विकास जनतासँग प्रत्यक्ष जोडिएको विषय भएकोले यसमा कुनै अनावश्यक राजनीति नगर्न सबैलाई आग्रह गर्नुभयो । त्यस्तै प्रतिनिधि सभा सदस्य सरिता भुसालले स्वास्थ्य र शिक्षालाई राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

    पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अस्पतालहरुलाइ स्थानीय तहले व्यवस्थापन गर्न कठिन रहेको बताउनु भयो । “दक्ष जनशक्ति तथा भौतिक संरचना र दक्ष जनशक्तिको व्यवस्थापनको खर्च स्थानीय तहले थेग्न सक्दैनन ” त्रीपाठीले भन्नुभयो । विकासका जनताको काम भएको भन्दै जनताको काममा अनावश्यक राजनीति गर्न नहुने उहाको भनाइ छ । त्यस्तै कार्यक्रममा पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कंडेलले भूमाफियाको हातबाट जोगाइएको जग्गामा स्वास्थ्य क्षेत्रमा ठूलो आयाम ल्याउन सकिएकोमा खुसी व्यक्त गर्नुभयो।

    लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु मगरले संविधानमा उल्लेखित स्वास्थ्य सेवा प्रवाहलाई स्रोतको कमीले तीनै तहको सरकारले पूरा गर्न नसकेको बताउँनु भयो । नेपालले २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्य र शिक्षामा अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

    ट्रमा सेन्टरले स्थानीय जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ। १८ महिनामा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पौष २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ। लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकले स्थानीय स्तरमा जन सहभागीबाट सञ्चालित भएका अस्पतालहरुलाई राज्यले सञ्चालन गर्नु पर्ने धारणा राख्नु भयो । स्थानीय तहहरु बाट सञ्चालित स्वास्थ्य चौकी र बर्थिङ सेन्टरहरूले जनताको विश्वास जित्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

    बर्दघाट ट्रमा सेन्टरको शिलान्याससँगै यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्नेछन्। बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नया आयम ल्याएको बताउनु भयो । नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा नं. २ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले गर्नु भएको थियो ।

    कार्यक्रममा पश्चिम नवलपरासीका पालिका प्रमुखहरु, जिल्का राजनीति दलका प्रतिनिधि र स्थानीयहरुको उल्लेखय सहभागीता रहेको थियो ।

    Post Views: 151

    प्रकाशित मिति: २०८१ आश्विन १३, आईतवार १४:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    सुस्ता पूगे सांसद खनाल: तटबन्ध लगायत समस्या हल गर्न देखिए प्रतिबद्ध
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.