७ कार्तिक २०८३, शुक्रबार

सेन्टर फर अटिजमद्वारा आयोजित तिहार मेला सम्पन्न

काठमांडु/ सेन्टर फर अटिजमले तिहार मेला सम्पन्न गरेको छ । सेन्टरद्वारा आफ्नै कार्यालय परिशरमा आयोजना गरिएको तिहार मेलामा विधार्थी अभिभावक लगाएतको उल्लेखनिय उपस्थिती रहेको आयोजकले बताएको छ ।

मेलामा कार्निभल बोट्स फुड स्टल, बेक एण्ड सेल, आर्ट एण्ड क्राफ्ट लगाएत विभन्न आकर्षक गेम तथा पुरस्कारको समेत व्यवस्था थियो ।

कार्यक्रममां सेन्टर फर अटिजममा अध्यनरत विधार्थीहरुले बनाएका विभिन्न सामाग्रीहरुलाई समेत प्रदर्शनीमा रखिएको थियो । विधार्थीहरु भित्र रहेका विभिन्न प्रतिभाहरुलाई प्रस्फुटन गराई विधार्थीहरुमा उत्साह थप्ने कार्य यस मेलाले गरेको आयोजकले जानकारी गराएका छन ।

सेन्टर फर अटिजममा फरक क्षमता भएका विधार्थीहरु अध्यन गर्ने हुदा विधालय भित्र आयोजना गरिएको यस कार्यक्रमले उनिहरुलाई आगामी दिनहरुमा पनि अतिरिक्त क्रियाकलापहरुमा सहभागी हुन प्रेरणा मिल्ने हुदा यस्ता कार्यक्रमहरु प्रभावकारी हुने आयोजकको दाबि छ ।

कार्यक्रममा सहभागी विधार्थीहरुले तिहार मेलामा सहभागी हुने अवशर प्रदान गरेकोमा खुसी व्यक्त गर्दै विधालयलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोगी/ सहभागी सम्पुर्णमा आयोजकों तर्फ़ बाट धन्यवाद ज्ञापन गरिएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार