• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुस्ता डुवानको समस्या दिर्घकालीन समाधान गर्न विनोद चौधरीको प्राथमिकता को बाचा

  •  
  • २०७९ कार्तिक १८, शुक्रबार ११:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    No description available.

    नवलपरासी। 

    राष्ट्रिय समस्याको रुपमा स्थापित नवलपरासीको सुस्तामा प्रत्येक बर्ष दोहोरिने बाढी र डुवानको समस्या समाधान गर्न बिनोद चौधरीले कुटनितीक पहल अगाडी बढाउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिनुहुने चौधरीले नारायणी नदीका कारण प्रत्येक बर्ष सुस्ता , प्रतापपुर लगायत देखिएको बाढी तथा डुवानको समस्यालाई भारत संग अनौपचारीक रुपमा छलफल तथा कुटनितीक पहल द्धारा समस्या समाधान गर्नु पहल अगाडी बढाउनुभएको हो ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति चौधरी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधी सभा निर्वाचन १मा चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । मतदाता माझ पुग्नु भएका चौधरीले मतदातालाई नारायणी नदीका कारण हुने बाढी डुवानको दिर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरेपछि चौधरीले आफ्नो पहल अगाडी बढाउनुभएको छ । बाढिका कारण करिब १० हजार परिवार पिडित छन् ।

    अझ यस क्षेत्रमा बर्षेनी समस्याको रुपमा देखिएको वाढी तथा ढुबानको समस्यालाई समाधान गर्न दिर्घकालीन सिचाई योजना अगाडी बढाउनुपर्ने एजेण्डा अघि बढाएपछि आममतदाता चौधरी प्रति आशावादी बनेको देखिन्छ । यस वारेमा समेत चौधरीले भारत स्थित जलस्रोत सम्वन्धि निकाय संग परामर्श गरी नारायाणी नदीबाट बर्षोहुदै आएको डुवान तथा कटानको समस्या समाधान गर्न पहल अघि बढाउनुभएको छ ।

    भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथसंग निकट मानिने चौधरीले बिशेष गरी सुस्ता र नारायणी नदीमा देखिएको समस्या दिर्घकालीन रुपमा समाधान गर्न भारतीय उत्तर प्रदेश देखी संघीय सरकारमा आफ्नो व्यक्तीगत र सरकारी स्तर मा समेत पहल कमदी अघि बढाउनुभएको हो ।

    यतिबेला राष्ट्रिय राजनितिमा चुनावी क्षेत्र मध्ये पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्रमा न. १ समेत निकै चर्चामा छ । नेपाली कांग्रेसका नेता एवंम् नेपालका एक मात्र अर्वपति बरिष्ठ उद्योग पति विनोद चौधरी चुनावी प्रतिष्पर्धामा रहेका कारण नेपाल भित्र मात्र होईन नेपाल वाहीर समेत चुनावी रौनक आएको हो ।

    No description available.

    बिशेष गरी त्रिबेणी छोटी भन्सार कार्यालयबाट दिईने सेवा विस्तार, राष्ट्रिय गौरभको आयोजनाको रुपमा रहेको पुर्व पश्चिम राजमार्ग बुटवल –नारायणगढसडक खण्डको सडक विस्तार आयोजनाको काममा गर्नुपर्ने तिव्रता लगायतका काममा थाल्नुभएको पहलले सरोकारवाला निकायमा समस्या समाधान गर्न क्रियाशिल भएको पाईन्छ ।

    यसैगरी यस अगाबै पश्चिम नवलपरासीकै ग्रामीण क्षेत्र सहित नारायणी नदी आसपास क्षेत्रमा गुगोल म्यापका भारतीय क्षेत्र देखिएका कारण बैक तथा वित्तिय संस्थाहरुले त्यस क्षेत्रमा गर्न नमान्ने वैकीक लगानी तत्काल अगाडी बढउन चौधरीले बैक तथा वित्तिय संस्थाहरुमा पहल थालीसक्नुभएको हो । यसैगरी चौधरीले बिशेष गरी यस क्षेत्रमा देखिएको युवा जनशक्तीलाई स्वारोगार तर्फ उन्मुख गराउन भरखरै मात्र आफ्नो र आफ्नो परिवारको लगानी भएको सिजी पोलिटेक्नीकको कार्यालय स्थापना भएपछि पनि यस क्षेत्रमा युवाजनसमुदायको चौधरीले मनजित्न सफल हुनुभएको देखिन्छ ।

    विनोद चौधरी एक सफल उद्योगपति भएकोले उहां बोलेको सोचेको हरेक कार्य सफलता पूर्वक सम्पन्न गर्ने हुँदा यस क्षेत्रको बिकाशका लागि आफ्नो तर्फबाट लाग्ने स्थानीय मतदातामा आसा पलाएको मान्न सकिन्छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधी सभा निर्वाचन १ का मतदाताका घरमा घर मा फरक शैली का चुनावी प्रचारमा हुनुहुन्छ ् । निर्वाचनलाई लक्षित हुँदै प्रत्येक क्षेत्रको समस्या बुझ्न मतदाताका घर घरमा उम्मेदवार चौधरी पुग्न थाल्नुभएको हो ।

    मतदातालाई रिझाउन उहां केहीले मोटरसाइकलमा चढेर कहिले पैदय यात्रा , कहिले गाउले ट्याक्टरमा बसेर जनताको प्रत्यक्ष सेवकको रुपमा मतदाता भेटघाट मा व्यक्त हुनुहुन्छ ्। कहिले किसानको घर आगनमा पुगेर किसानको चौतर्फी बारेमा जिज्ञासा राख्ने, कहिले किसानको खेतमै पुग्ने त कहिले स्थानीयसँग बसेर कागजको प्लेटमा भात खाँदै आफु शरल स्वभावको उम्मेदवार भएको भन्दै प्रचार प्रसारमा व्यक्त हुनुभएको हो ।

    अझ बिशेष गरी चुनावी प्रचार प्रसारकै क्रममा नवलपरासी रहदा विभिन्न समस्या समाधान गर्न चौधरीले देखाएको पहल कदम प्रति आम मतदाताले चासोका साथ हेरेका छन् । नवलपरासीमा प्रचार प्रसारकै केही दिनमा नै आउनुभएका चौधरीले तत्कालै गर्न सकिने विभिन्न समस्याहरु समाधान गर्न पहल थाल्नुभएको हो । छोटो समयमानै देखिएको र मतदाता सामु वोलेका कुरा लाई तत्काल कार्यान्यन गर्न चौधरीले देखिएको चासो प्रति आम मतदाताको ध्यान केन्द्रिय भएको पाईन्छ । चौधरीले यस वाहेक यस क्षेत्रमा देखिएको केरा उत्पादनको बजारीकारणमा देखिएको समस्या समाधान गर्न भरखरै मात्र केरा जन्य उत्पादनका लागी उद्योग स्थापनाको काम सुरु गरिसक्नुभएको छ ।

    No description available.

    चौधरीले मतदाता सामु वोलेका कुरालाई दिर्घकालीन रुपमा व्यवस्थापन गर्न लागेका छोटो समयमा मतदाताले देख्न पाएपछि आम मतदातामा चौधरीको लोकप्रियता झन बढ्दे गएको पाईन्छ । अझ बिशेष गरी यस क्षेत्रमा लामो समय देखी देखिएको उखु किसानको भुक्तानीको समस्या समाधान गर्न उद्योगी व्यासायी मार्फत पहलकदमी शुरु गरिसक्नुभएको छ । अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेरै आफू प्रत्यक्ष राजनीतिमा आएको उहांको भनाई छ । ‘ उहांले भन्नुभयो विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले म राजनीति आएको हु ।

    एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उहाको तर्क छ । ‘एउटा विनोद चौधरी मात्रै होइन, आ–आफ्नो क्षेत्रमा सफल भएका, कुशल व्यवस्थापक, देशका लागि कार्यान्वयनयोग्य, जनमुखी भिजन भएकाहरू राजनीतिमा आउनैपर्छ । मेरो सक्रियता एउटा सन्देश पनि हो’, उहाले भन्नुभयो ।

    मंसिर ०४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन संगै पश्चिम नवलपरासी क्षेत्र नं ०१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद चौधरीको चर्चा छ । जनता प्रगतिशिल पार्टि नेपालका केन्द्रीय अध्यक्ष हृदेश त्रिपाठी संग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीको नवलपरासीका लागि आवश्यकता कि बाध्यता भन्ने विषय सहित चर्चा सुरु भएको हो। एक स्थानीयका अनुसार विगत लामो समयदेखि सत्तामा रहेका नेता हृदेश त्रिपाठीले तुलनात्मक विकास गर्न न सकेकोले यस क्षेत्रका लागि विनोद चौधरी आवश्कता सहीतको बाध्यता रहेको आम मतादाताको तर्क छ । त्यस्तै अर्को एक स्थानीयले अब बिकासका लागि हृदेश त्रिपाठीको विकल्प विनोद चौधरी मात्र रहेको तर्क गर्दछन् । तस्विरहरु उपलब्ध छ ।

    Post Views: 104

    प्रकाशित मिति: २०७९ कार्तिक १८, शुक्रबार ११:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रथम बर्दघाट एक्सपोमा १०८ स्टल: स्थानिय व्यवसायीको उल्लेख्य सहभागिता
    रामग्राम जेसीजमा पदहस्तान्तरण : बर्ष २०२६ : मुकेशलाई बिष्णुले गरे ज़िम्मेवारी हस्तांतरण
    प्रथम बर्दघाट एक्सपोःसंस्कृतिसगै आर्थिकोपाजर्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.