बर्दघाट/ फागुन २३

बर्दघाट नगरपालिका वडा न ४ मा अवस्थित कुमुदिनी अङ्रेजी आवासिय माध्यमिक विद्यालयले कक्षा ८,९ र १० मा अध्ययनरत बिद्यार्थिहरुलाइ उत्प्रेरणा तथा मनोपरामर्श कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय सन्चालक समिती अध्यक्ष कमला शर्माले विद्यार्थिको बौद्धिक,शारिरिक तथा मानसिक विकासका लागि विद्यालय सधै तत्पर रहेको बताउदै समय सापेक्ष बिधार्थिको बौद्धिक तथा सम्बेगात्मक बिकाशका लागि बिद्यालय हरपल तयार रहेको बताउनु भयो । उहाले कार्यक्रममा कार्यक्रमका सहजकर्तालाइ सहजिकरणको लागि धन्यवाद ज्ञापन गर्दै सिकेका सीप ब्यवहारमा लागू गर्न बिद्यार्थीलाई आग्रह गर्नुभयो।
कार्यक्रममा बिद्यालयका सस्थापक धिरज शर्माले विध्यार्थिहरुले मोबाईल जस्ता आधुनिक इलेक्ट्रोनिक्स उपकरणहरुमा बढी जोड दिदा बौद्धिक विकास सोचे अनुरुप भन्दा कम भएकोले अभिभावकहरुले शारीरिक ,मानसिक ब्यायामको साथसाथै असल चरित्र निर्माण रपठनपाठनमा बिशेष ध्यान दिनुपर्ने बताउनु भयो।
त्येस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक रेश्मिराज बश्यालले कार्यक्रमामा उपस्थित अभिभावक तथा विद्यार्थिहरुलाइ स्वागत गर्दै बिद्यालयले आयोजना गरेको उक्त कार्यक्रम फलदायि बन्ने र कार्यक्रममा सिकेका कुरा जिवन्त बनाउन सवै आ-आफ्नो ठाउँबाट लागि पर्नुपर्ने कुरा जोड्दै सहजकर्ताले उत्कृष्ट किसिमको सहजीकरण गर्नुहुने कुरामा आफू विस्वस्त रहेको कुरा उल्लेख गर्नुभयो।
कार्यक्रमका सहजकर्ता इश्वर श्रेष्ठले विद्यार्थिहरुलाइ परिक्षामा सहभागि कसरी बन्नुपर्छ? सफल बन्न के कस्ता कृयाकलापमा सक्रियता देखाउनु जरुरी हुन्छ? भन्दै अभिभावकहरुलाइ समेत सहि दिशा निर्देश गर्नुभएको थियो। कार्यक्रमको सन्चालन सहायक प्रधानाध्यापक लेखनाथ शर्माले सन्चालन गर्नु भएको थियो।



