७ कार्तिक २०८३, शुक्रबार

थाइल्यान्डमा अलपत्र परेका २० नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौँ । थाइल्यान्डमा अलपत्र परेका २० जना नेपालीलाई स्वदेश फर्काइएको छ। थाइल्यान्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी शुक्रबार नेपाल फर्काइएको जानकारी दिएको हो।

गत जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँदिल्ली हुँदै थाइल्यान्ड पुर्‍याइएको थियो। त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको थाइल्यान्डस्थित नेपाली राजदूतावासले शुक्रबार एक विज्ञप्ति जारी गरी जनाएको छ।

राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने उद्देश्य बोकेर विदेश नजान पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार