नवलपरासी /फागुन २३

नवलपरासी-सुनवल स्थित साकुरा मेमोरियल बोर्डिंग स्कूलले २०८१ सालको पुरस्कार वितरण तथा फूड फ़ेस्टिवल कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
जिल्लाकै उत्कृष्ट बिद्यालयका रुपमा रहेको साकुरा बिद्यालयले गत शैक्षिक शत्रमा कक्षा १ देखी १२ सम्म अध्ययनरत अव्वल विधार्थीहरू र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गरेका विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको छ ।
समारोहमा अभिभावकहरुका लागि आयोजित सृजनात्मक क्रियाकलापमा सहभागि र उत्कृष्ट अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।संयोजक र सहसंयोजक शिक्षकहरुलाई सम्मान गरिएको कार्यक्रममा विद्यार्थि र अभिभावकहरुले आकर्षक सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

पुरस्कार वितरण समारोह शिक्षाप्रेमी एवं बिद्यालयका अध्यक्ष टीकाराम शर्माको अध्यक्षता र नेपाल उद्योग बाणिज्य महासंघका केंद्रीय सदस्य केशब भण्डारीको प्रमुख आतिथ्यतामा संपन्न भएको हो ।
समारोहमा सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्मचार्य , नवलपरासी प्याप्सनका अध्यक्ष डम्मर गुरूंग लगायतले बिद्यालयले सुनवलक्षेत्रमा गुणस्तरीय शिक्षा मार्फ़त अनुशासित र अब्बल जनशक्ति निर्माणमा पुराएको योगदान को प्रशंशा गर्दे शुभकामना दिनु भएको थियो । 
बिद्यालयका प्राचार्य सुमित पाठकले औपचारिक रूपमां स्वागत गर्नू भएको कार्यक्रममा बिद्यालयका होटेल म्यानेजमेन्ट तर्फका विधार्थिहरुले तयार गेरेका बिभिन्न खानाका परिकारहरू खाना महोत्सवको आकर्षणका रूपमा रहेका थिए ।

