• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीमा भूमिहीनका लागि ७ सय १७ आवास निर्माण हुने

  •  संवाददाता
  • २०८२ जेष्ठ १७, शनिबार १६:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी /  पश्चिम नवलपरासीमा भूमिहीन ७ सय १७ घरपरिवारका लागि आवास निर्माण हुने भएको छ ।

    थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा सञ्चालित ’भूमिहीन नागरिकका लागि आवास निर्माण’ कार्यक्रमअन्तर्गत प्रत्येक घरपरिवारलाई एक कठ्ठा जग्गासहित तयारी अवस्थाको घर निर्माण गरी हस्तान्तरण गरिनेछ ।
    थारु मिलन केन्द्र नेपालका पूर्व अध्यक्ष तथा उपदान कलेक्सन सेन्टरका सदस्य राधेश्याम चौधरीका अनुसार विशेषगरी जिल्लामा ३० वर्षदेखि भूमिहीन अवस्थामा रहेका घरपरिवारलाई जग्गासहित घर उपलब्ध गराइनेछ। प्रति घर करिब पाँच लाख रुपैयाँको लागतमा निर्माण हुनेछ ।
    कार्यक्रमअनुसार पश्चिम नवलपरासीका नगरपालिकातर्फ बर्दघाट, रामग्राम, सुनवल तथा गाउँपालिकाहरू सुस्ता, पाल्हीनन्दन, प्रतापपुर र सरावलमा यो कार्यक्रममार्फत ७ सय १७ भूमिहीन नागरिकका लागि आवास निर्माण गर्ने लक्ष्य छ ।
    थारु मिलन केन्द्र नेपालले उपदान कलेक्सन सेन्टरमार्फत पश्चिम नवलपरासीमा रहेका भूमिहीन थारु लगायतका नागरिकहरूका लागि घर बनाउने पहल गरिरहेको छ । घर निर्माणका लागि जिल्लाका सातवटै पालिकामा आवेदन माग गर्ने प्रक्रिया अघि बढाइएको थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी लेखा अधिकृत अन्जली चौधरीले जानकारी दिनुभयो ।
    सातवटै पालिकामा जग्गा खरिद गरी व्यवस्थित बस्तीको रूपमा भूमिहीन परिवारलाई एकै स्थानमा आवास निर्माण गर्ने गरी योजना अघि बढाइएको छ । थारु मिलन केन्द्र नेपाल, उपदान कलेक्सन सेन्टरको आयोजनामा पश्चिम नवलपरासीका सातवटै पालिकामा भूमिहीन नागरिकका लागि आवास निर्माणका लागि आवश्यक काम अघि बढाइएको थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी सदस्य आशा चौधरीले जानकारी दिनुभयो ।
    उक्त कार्य अघि बढाउन थारु मिलन केन्द्र नेपाल, उपदान कलेक्सन सेन्टरको आयोजनामा पश्चिम नवलपरासीमा भूमिहीन नागरिकका लागि आवास निर्माणसम्बन्धी छलफल कार्यक्रमहरू सम्पन्न भएका छन् । बर्दघाट १२ जहवामा थारु मिलन केन्द्र नेपालका अध्यक्ष देवनन्द सिंह फैजदारको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बर्दघाट वडा नं. १२ का वडा अध्यक्ष उमा शंकर चौधरी, दिप कुमार चौधरी, गिरीश चौधरी, सुरज केसी, मुरली कृष्ण लगायतले भूमिहीनहरूलाई घरजग्गा दिने काम प्रभावकारी हुने बताउनुभयो ।थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरद्वारा यसअगावै कैलाली र बर्दियामा भूमिहीन नागरिकका लागि आवास निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

    Post Views: 490

    प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार १६:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न
    नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना
    ताजा अपडेट
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ३. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    • ४. डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

    • ५. भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार

    चर्चित
    • १. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • २. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.