• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

जर्नी टु थाइल्यान्ड एन्ड टप थाई ब्रान्ड्स २०२५” काठमाडौंमा सफलतापूर्वक सम्पन्न, शिक्षा र सांस्कृतिक सम्बन्धमा जोड

  •  संवाददाता
  • २०८२ भाद्र १५, आईतवार १३:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    ललितपुर , रोयल थाई दूतावास, काठमाडौंको आयोजनामा, डिपार्टमेन्ट अफ इन्टरनेशनल ट्रेड प्रमोशन (DITP) र थाई ट्रेड सेन्टर, नयाँ दिल्लीको सहकार्यमा “जर्नी टु थाइल्यान्ड एन्ड टप थाई ब्रान्ड्स २०२५” प्रदर्शनी काठमाडौंको पुल्चोकस्थित द प्लाजामा भव्यतापूर्वक सम्पन्न भएको छ। अगस्ट २९ देखि ३१ सम्म चलेको यस तीन दिने प्रदर्शनीले थाइल्यान्डको संस्कृति, खानपान, उत्पादन र व्यापारिक अवसरहरू नेपाली दर्शकसमक्ष प्रस्तुत गर्यो।

    कार्यक्रमको उद्घाटन थाइल्यान्डका नेपालस्थित राजदूत सुवापोङ सिरिसोर्नले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै उनले यो प्रदर्शनीले दुई देशबीचको जनस्तरको सम्बन्ध सुदृढ गर्न र पारस्परिक व्यापार तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने बताउनुभयो। “यो कार्यक्रम नेपाली दर्शकलाई थाइल्यान्डको खाद्य संस्कृति मात्र होइन, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रबारे समेत जानकारी दिने एक महत्वपूर्ण माध्यम हो,” राजदूत सिरिसोर्नले आफ्नो भनाइमा उल्लेख गर्नुभयो।

    कार्यक्रममा थाइल्यान्डका विभिन्न ब्रान्डका उत्पादन, थाई नृत्य टोलीको प्रस्तुति, परम्परागत थाई मसाज, थाई परिकार तथा नि:शुल्क हस्तकला कार्यशाला समावेश गरिएको थियो। साथै, दर्शकलाई आकर्षित गर्ने गरी विभिन्न आकर्षक पुरस्कारसहितको राफल ड्र कार्यक्रम पनि गरिएको थियो। हजारौं दर्शकले प्रदर्शनीमा सहभागिता जनाउँदै थाइल्यान्डको विविध संस्कृति, स्वाद र सेवाहरू अनुभव गरेका छन्। Video Link 


    जुपिटर मिडियाको शिक्षा केन्द्रित रिपोर्ट: थाइल्यान्डमा उच्च शिक्षाका अवसरहरू

    ब्रान्ड र सांस्कृतिक प्रदर्शनसँगै, जुपिटर मिडियाले कार्यक्रममा सहभागी चार प्रतिष्ठित थाई विश्वविद्यालय र एक एयरलाइन्स प्रतिनिधिसँग संवाद गरी नेपालका विद्यार्थीका लागि थाइल्यान्डमा उपलब्ध उच्च शिक्षा अवसरबारे जानकारी लिएको छ।

    प्रोफेसर डा. मिट्चाई भोंगच्यावचनान, प्रिन्स अफ सोंगक्ला युनिभर्सिटी, डिजाइन ग्राजुएट स्कुलका प्रतिनिधिले थाइल्यान्डमा डिजाइन, प्रविधि र अनुसन्धानमुखी कार्यक्रमहरू अन्तर्राष्ट्रिय विद्यार्थीका लागि किफायती र उच्च गुणस्तरमा उपलब्ध हुने बताए। “हामी नवप्रवर्तन र सिर्जनशीलतामा ध्यान दिंदै विद्यार्थीलाई विश्वस्तरीय करियरका लागि तयार पार्छौं,” उनले भने।

    धुराकिज पण्डित युनिभर्सिटीका स्ट्राटेजिक एलायन्स निर्देशक अतित कोईरालाले व्यवस्थापन र व्यवसाय सम्बन्धी अध्ययनमा आफ्नो विश्वविद्यालय अग्रणी रहेको बताउँदै नेपाली विद्यार्थीका लागि छात्रवृत्ति अवसरबारे जानकारी दिए। “थाइल्यान्ड नजिकैको गन्तव्य भएकाले लागत र संस्कृतिका हिसाबले नेपालका विद्यार्थीका लागि उपयुक्त विकल्प हो,” उनले भने।

    सियाम युनिभर्सिटीका अन्तर्राष्ट्रिय मामिला निर्देशक डा. यिङ साव्हेनीले उद्योगसँग सहकार्यमा आधारित शैक्षिक कार्यक्रमहरू विद्यार्थीलाई व्यावहारिक ज्ञानसहित तयार पार्ने बताए।

    यस्तै, पन्यापिवाट इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्रतिनिधिले हम्बोल्ट एजुकेशनल कन्सल्टेन्सीकी निर्देशक मञ्जु धमलामार्फत व्यवस्थापन, आतिथ्य र लगिस्टिक्स कार्यक्रमहरूमा बढ्दो माग रहेको र आफ्नो संस्थाले विद्यार्थीलाई भविष्यमुखी बनाउने उद्देश्य राखेको बताए।

    शैक्षिक खण्डसँगै, एयर एशियाका तर्फबाट रचना घिमिरेले थाइल्यान्ड र नेपालबीच किफायती हवाई सम्पर्कले विद्यार्थीलाई थप सहजता दिने बताइन्। “हामी विद्यार्थीका लागि भरपर्दो र किफायती यात्रा समाधान दिन प्रतिबद्ध छौं,” उनले भनिन्। यसरी, प्रदर्शनीले थाइल्यान्डलाई नेपाली विद्यार्थीका लागि उच्च गुणस्तरीय, किफायती र सांस्कृतिक विविधता सम्पन्न शैक्षिक गन्तव्यका रूपमा प्रस्तुत गरेको देखिन्छ।

    Post Views: 154

    प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार १३:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.