काठमाडौं , ‘जाने होइने त विदेश?’ नामक विशेष शैक्षिक कार्यक्रम सेप्टेम्बर ६, २०२५ मा नयाँबानेश्वरस्थित टोयो एजुकेशन प्रिमाइसेसमा भव्य रूपमा सम्पन्न भयो।

यो कार्यक्रम Toyo Education र SPiE Nepalको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा ठूलो संख्यामा विद्यार्थी र अभिभावकहरूको उत्साहपूर्ण सहभागिता देखियो।
कम्पनीका संस्थापक Bidit Acharya ले सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै भने –
‘हाम्रो उद्देश्य नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा अवसर, छात्रवृत्ति र करियर विकल्पबारे सही जानकारी र मार्गदर्शन उपलब्ध गराउनु हो।’
कार्यक्रममा विशेष अतिथिका रूपमा
-
Kranthi Kumar, Regional Head – South Asia (University of Wolverhampton, UK)
-
Asim Ghimire, Student Recruitment Advisor – Nepal (University of East London, UK)
-
Anushka Sharma, Senior Recruitment Manager (University of Plymouth, UK)
उपस्थित थिए।
उनीहरूले बेलायतमा अध्ययनका अवसर, प्रवेश प्रक्रिया, छात्रवृत्ति र स्नातकपछि उपलब्ध करियर सम्भावनाबारे महत्वपूर्ण जानकारी साझा गरे।
कार्यक्रममा स्पट एडमिशन, प्रत्यक्ष काउन्सलिङ, छात्रवृत्ति अवसर र आकर्षक इन्टरएक्टिभ सेसनहरू आयोजना गरिएका थिए। विद्यार्थी र अभिभावकले कार्यक्रमलाई अत्यन्तै जानकारीमूलक र उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
आयोजकहरूले भविष्यमा यस्तै थप अवसरमूलक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने घोषणा गरेका छन्।



