• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

शान्ति र मेलमिलापको कामना गर्दै अन्तर धार्मिक प्रार्थना सभा सम्पन्न

  •  संवाददाता
  • २०८२ आश्विन १, बुधबार २०:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ललितपुर, देशमा शान्ति, मेलमिलाप र सहअस्तित्वको वातावरण कायम गर्न विभिन्न धर्मका गुरुहरू सहभागी भई अन्तर धार्मिक प्रार्थना सभाको आयोजना गरिएको छ । जेन–जी पुस्ताले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको आत्माको चिरशान्तिको कामना गर्दै तथा घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन नेपाल) ले उक्त सभा सम्पन्न गरेको हो ।

    निरन नेपालका अध्यक्ष भिक्षु पिया दस्सी महर्जनले प्रार्थना सभामा देश अहिले संवेदनशील मोडमा रहेको भन्दै सहकार्य र सहअस्तित्वबाट मात्र स्थायी शान्ति सम्भव हुने बताए । उनका अनुसार भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ७५ भन्दा बढी व्यक्तिले ज्यान गुमाए भने अर्बौँको क्षति भएको अवस्थाले सम्पूर्ण नेपालीलाई दुःखी बनाएको छ ।

    हिन्दु धर्मगुरु पं. रामचन्द्र भण्डारीले आन्दोलनमा ज्यान गुमाउने युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै देशमा पुनः त्यस्ता घटनाहरू नदोहोरिन आग्रह गरे । उनले “नेपाल बुद्धको जन्मभूमि भएको मुलुक हो, त्यसैले यहाँ शान्ति, करुणा र सत्यको विजय हुनुपर्छ” भन्ने जोड दिए ।

    भिक्षु धर्ममुर्तीले आफ्नो समुदायको तर्फबाट हिंसा र द्वन्द्व अब अन्त्य भई शान्ति कायम होस् भन्ने आशा व्यक्त गरे । उनले धार्मिक मूल्य र आध्यात्मिक अभ्यासले समाजलाई सहिष्णु र मानवतावादी बनाउने बताए ।

    इस्लाम धर्मका मौलाना एमडी सलमानले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्दै सबै धर्मका मानिसहरूले मिलेर राष्ट्रलाई निकास दिनुपर्नेमा जोड दिए ।

    यस्तै, क्रिश्चियन धर्मका अगुवा इसुजंग कार्कीले अन्तरिम सरकारले निरन नेपालसँग सहकार्य गरेर शान्ति र मेलमिलापको प्रक्रिया अघि बढाउनुपर्ने बताए । उनले धर्म, समुदाय र राज्यबीचको सहकार्यले मात्र नयाँ पुस्ताले देखाएको सपनालाई मूर्त रूप दिन सक्ने धारणा राखे ।

    किरात धर्मका अगुवा तिलक चाम्लिङले आफ्नो समुदायमा समेत शान्ति र मेलमिलापका लागि विशेष अभियान चलाउने घोषणा गरे । उनले सबै वर्ग र पंक्तिलाई शान्ति र धर्मको पालना गर्न उत्प्रेरित गर्ने प्रतिवद्धता जनाए ।

    यसैगरी, सीआईएनका मेनेजर दीपक आचार्यले जेन–जी पुस्ता, सुरक्षा निकाय, कर्मचारी तन्त्र, नागरिक समाज, सङ्घसंस्थाहरू, सञ्चार माध्यम र धार्मिक गुरुहरूबीच सहकार्य गर्दै शान्ति अभियान सञ्चालन गरिने जानकारी दिए । निरन नेपालकी व्यवस्थापक नहिदा वानुले शहीदहरूको सपना पूरा गर्न र स्थायी शान्ति स्थापना गर्न आफ्नो संस्थाले निरन्तर पहल गर्ने बताइन् ।

    यस अन्तर धार्मिक प्रार्थना सभामा सहभागी गुरुहरूले सामूहिकरूपमा देशमा मेलमिलाप र सहिष्णु संस्कृतिको जग बसाल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    कार्यक्रमलाई वर्ल्ड भिजन इन्टरनेशनलले सहयोग प्रदान गरेको थियो ।

    Post Views: 268

    प्रकाशित मिति: २०८२ आश्विन १, बुधबार २०:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन
    भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम
    UWE Bristol को एजेन्ट्स कन्फरेन्स, AI–आधारित प्रस्तुति र अन्तरक्रियात्मक सत्र आयोजना
    ताजा अपडेट
    • १. Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन

    • २. भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम

    • ३. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ४. UWE Bristol को एजेन्ट्स कन्फरेन्स, AI–आधारित प्रस्तुति र अन्तरक्रियात्मक सत्र आयोजना

    • ५. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    चर्चित
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.