ग्रामिण क्षेत्रका महिलाको नेतृत्व बिकासका लागि तालीम संचालन गरीएको छ । चौधरी फाउन्डेसनको आयोजनामा संचालित १ दिने महिला नेतृत्व विकास तालिम लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकको प्रमुख आतिथ्यता तथा बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पाठकले महिलाको नेतृत्व विकास बिना समावेशी र दिगो विकास सम्भव नहुने उल्लेख गर्दै यस्ता तालिमहरूले महिलालाई निर्णय प्रक्रियामा सशक्त रूपमा अगाडि बढ्न प्रेरणा दिने बताए। प्रदेश सभा सदस्य पाठकले ग्रामीण क्षेत्रमा महिला नेतृत्वको अवस्था क्रमशः सुधार हुँदैछ तर अझै पनि चुनौतीहरू विद्यमान छन्। शिक्षा, आर्थिक सशक्तीकरण, नीतिगत समर्थन र सामाजिक सोच परिवर्तनको समन्वित प्रयासबाट मात्र दिगो महिला नेतृत्व सम्भव हुने र यसले समावेशी विकास र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँने हुँदा यस्ता तालिमको माध्ययमबाट महिलाको शिक्षा, स्वास्थ्य तथा आर्थिकोपार्जनमा चौधरी फाउण्डेशनले खेलेको भुमिका स्रहानिय रहेको बताए।
विशेष अतिथि रहेका नगर प्रमुख शम्भु लाल श्रेष्ठले स्थानीय तहको विकासमा महिलाको भूमिकालाई अझ प्रभावकारी बनाउन यस्ता क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे।
नगर प्रमुख श्रेष्ठले ग्रामीण समाजमा महिलाको भूमिका घरपरिवार र कृषि कामसम्म सीमित हुने परम्परा अझै पनि देखिन्छ। यद्यपि पछिल्ला वर्षहरूमा स्थानीय तह, सामुदायिक समूह र सहकारीमार्फत महिलाको सहभागिता बढ्दै गएको छ।तर अझै पनि उल्लेख्य सहभागितामा कमि रहेको महसुस भै रहेकोअवस्थामा सन्चालित यस किसिमको तालिमले ग्रामिण भेगका महिला थप आर्थिक तथा सामाजिक ससक्तीकरणको नेतृत्वदायी भुमिका खेल्न सहज हुने धारणा ब्यक्त गरे।
कार्यक्रममा महिलाको नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा सामाजिक–आर्थिक सशक्तीकरणका विषयमा केन्द्रित रहेर विविध सत्रहरू सञ्चालन गरिएका थिए। तालिममा चौधरी फाउन्डेसनका तर्फबाट मेरिना रञ्जितले फाउन्डेसनले गामिण क्षेत्रका महिला लक्षित सन्चालन गरिएका कार्यक्रमले पुगेका फाइदा, सामाजिक–आर्थिक सशक्तीकरणका सवालमा फाउण्डेसनले खेलेको भुमिकाका बारेमा जानकारी गाराएकी थिईन।
कानुन विज्ञ झल माया बि.क.ले महिलाका हक र अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्दै अधिकार खोज्न पनि महिला नेतृत्व दायी भुमिकामा अगाडि बड्नुपर्ने र त्यसको लागि पनि यस प्रकारका तालिमले थप मार्गदर्शन दिने अधारणा ब्यक्त गरिन।
नबिल बैंकका क्षेत्रीय कार्यालय (आर.ओ.) की प्रतिनिधि दिपा श्री मिश्रले आफ्नो कार्यपत्रमा महिला उध्धमीलाई बैकले गर्ने सहजिकरण र उधमीलाई जिविको पार्जन भन्दापनि ब्यवसायिकता तर्फ उन्मुख कसरी हुने? र महिलाले पनि कसरी आर्थिकोपार्जनमा सहभागि हुन सक्छ्न भन्ने बिसयमा जानकारी दिदै नितृत्वदायी भुमिका निर्वाह गर्न महिला अठोट लिएर अघि बड्नु पर्ने बिचार ब्यक्त गरेकी थिईन।
कार्यक्रममा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र सरावल गाउँपालिकाबाट जम्मा ६२ जना महिलाको सक्रिय सहभागिता रहेको कार्यक्रममा नबिल बैकका कम्युनिकेशन एक्सपर्ट रोशन तिवारिले पनि प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए।
सहभागीहरूले यस किसिमको तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यक्तिगत, सामाजिक तथा पेशागत जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अबका दिनमा जिवनयापन भन्दा पनि अबका दिनमा ब्यवसायिकता तर्फ ध्यान केन्द्रित गर्न सक्ने आट तालिमले दिएको बताए।
बिगत लामो समयदेखी फाउन्डेसनले नेपालका विभिन्न स्थानमा परोपकारि कार्य, महिला ससक्तिकरणका लागि जनचेतना मुलक तथा आर्थिको पार्जनमा टेवा पुग्ने कार्य तथा बिपदमा समेथ सारथिको भुमिका निर्वाह गर्दै आईरहेको फाउन्डेसनले जनाएको छ।


