• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

  •  संवाददाता
  • २०८२ पुष २१, सोमबार १३:३९ प्रकाशित
    {"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1,"square_fit":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको वर्तमान राजनीतिक तथा संवैधानिक संकटको निकास सर्वपक्षीय सहमतिबाट खोजिनुपर्ने धारणा सार्वजनिक रूपमा अघि सारेका छन्। जेन्जी आन्दोलनका अगुवा रवि किरण हमाल र मिराज ढुङ्गानाले उठाउँदै आएको यही मागसँग कांग्रेस महामन्त्री थापाको अभिव्यक्ति मेल खाएको छ।

    जेन्जी आन्दोलनका अगुवाहरूले नागरिक अगुवा, राजनीतिक दल र विद्रोहमा सहभागी पक्षबीच व्यापक सर्वपक्षीय सहमति कायम गरेर मात्र राजनीतिक स्थायित्व, सुशासन र संवैधानिक समाधान सम्भव हुने अडान लिँदै आएका छन्। सोही धारमा उभिँदै महामन्त्री थापाले पनि हालको संकट पुरानै राजनीतिक अभ्यासबाट समाधान नहुने संकेत गरेका छन्।

    भाद्र २३ र २४ गते नवोदित पुस्ताको नेतृत्वमा भएको जेन्जी विद्रोहपछि उठेका स्थायित्व, सुशासन, राज्य संरचनाको पुनर्संरचना तथा राजनीतिक उत्तरदायित्वका मुद्दाहरू सम्बोधन गर्न

    वर्तमान सरकार असफल देखिएको सन्दर्भमा जेन्जी अगुवा र कांग्रेस महामन्त्रीको दृष्टिकोण एउटै बिन्दुमा आएर ठोक्किएको विश्लेषण गरिएको छ।

    जेन्जी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसजस्तो प्रमुख दलका महामन्त्रीले सर्वपक्षीय सहमतिको एजेन्डा अघि सार्नुलाई सकारात्मक रूपमा लिएको बताएका छन्। उनले भने, “हामीले निरन्तर भन्दै आएका थियौँ—

     

     

    सर्वपक्षीय सहमति हुनुपर्छ, सार्वजनिक संस्थाहरूको पुनर्संरचना आवश्यक छ र राजनीतिक स्थायित्वका लागि शासकीय स्वरूप तथा निर्वाचन प्रणालीमा परिवर्तन अपरिहार्य छ।

    आज नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि यही कुरा उठाउनुभएको छ, यसलाई हामी स्वागत गर्छौं।”

     

    महामन्त्री गगनकुमार थापाले हालै सार्वजनिक गरेको भिडियो सन्देशमार्फत जेन्जी विद्रोहका क्रममा उठेका मुद्दाहरूलाई सर्वपक्षीय सहमतिबाटै अगाडि बढाउन सकिने धारणा व्यक्त गरेका छन्।

    उनको यस अभिव्यक्तिलाई स्थापित राजनीतिक दल र नवोदित राजनीतिक शक्तिबीच सम्भावित संवाद र सहकार्यको संकेतका रूपमा हेरिएको छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार जेन्जी आन्दोलनले उठाएका मुद्दाहरूलाई अब मुख्यधारका दलहरूले गम्भीरतापूर्वक ग्रहण गर्न थालेको देखिनु नेपालको राजनीतिक संक्रमण नयाँ चरणमा प्रवेश गरिरहेको संकेत हो।

     

    सर्वपक्षीय सहमतिको बहसले आगामी दिनमा शासकीय संरचना, निर्वाचन प्रणाली र राज्य सञ्चालनको स्वरूपमै पुनर्विचारको वातावरण बनाउने अपेक्षा गरिएको छ।

     

     

     

    Post Views: 383

    प्रकाशित मिति: २०८२ पुष २१, सोमबार १३:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ४२ लाख हाराहारी अवैध क्रिप्टोकरेन्सी कारोबारी पक्राउ
    नेपाली शैक्षिक बजारमा इस्ट पोइन्ट ग्रुप अफ इन्स्टिच्युसन्सको उपस्थिति: इन्डो–ग्लोबल फाउन्डेसनसँग सहकार्य
    गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.