• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

काठमाडौंमा ‘America STEM Strong 2026’ सम्पन्न, १०० भन्दा बढी शैक्षिक परामर्शदाताको सहभागिता

  •  संवाददाता
  • २०८२ माघ ११, आईतवार १३:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – अमेरिकामा STEM (Science, Technology, Engineering and Mathematics) अध्ययनका अवसर र विश्वविद्यालय–एजेन्ट सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित “America STEM Strong 2026” कार्यक्रम काठमाडौंको मर्क्योर काठमाडौं सुकिधारा हाइट्समा भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रममा देशभरका ११० भन्दा बढी शैक्षिक परामर्शदाता संस्था (Education Consultancies), विभिन्न अमेरिकी विश्वविद्यालयका प्रतिनिधि तथा शिक्षा क्षेत्रका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमको औपचारिक सुरुवात InUni का Associate Director श्री नेत्र कोइराला को स्वागत मन्तव्यबाट गरिएको थियो। उनले अमेरिकामा STEM शिक्षाको बढ्दो महत्त्व, अन्तर्राष्ट्रिय विश्वविद्यालय, रिक्रुटमेन्ट पार्टनर तथा परामर्शदाताबीचको सहकार्यले विद्यार्थीलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षामा मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

    कार्यक्रमको उद्घाटन InUni की Associate Vice President – International Student Recruitment & Partnerships श्रीमती ब्लेरिना पोलोभिना र University of Akron का Director of International Recruitment and Engagement श्री मार्टी बेनेट ले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। सोही अवसरमा University of Akron को आधिकारिक लोगो सार्वजनिक गरिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती ब्लेरिना पोलोभिना ले InUni ले शिक्षा परामर्शदाता तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पारदर्शी प्रक्रिया, संस्थागत साझेदारी र विश्वसनीय सेवा प्रदान गर्दै आएको बताइन्। उनले नेपाली कन्सल्टेन्सीहरूसँग सहकार्य अझ सुदृढ गर्दै नैतिक र विद्यार्थी–केन्द्रित भर्ना प्रणाली विकास गर्न प्रतिबद्ध रहेको धारणा राखिन्।

    त्यसैगरी श्री मार्टी बेनेट ले University of Akron को शैक्षिक उत्कृष्टता, विशेषगरी STEM विषयहरूमा उपलब्ध कार्यक्रम, अनुसन्धानका अवसर, छात्रवृत्ति, क्याम्पस सुविधा तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको करिअर सम्भावनाबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले दीर्घकालीन सहकार्य मार्फत नेपाली विद्यार्थीलाई अमेरिकाको गुणस्तरीय उच्च शिक्षामा पहुँच विस्तार गर्न एजेन्टहरूको भूमिकालाई महत्वपूर्ण रहेको बताए।

    कार्यक्रममा Herzing University तथा LIM की Business Development Manager सुश्री आश्ना श्रेष्ठ ले विश्वविद्यालयका शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध सहयोग सेवाबारे जानकारी गराएकी थिइन्।

    त्यस्तै University of Akron की Senior Business Development Manager सुश्री निशा भट्टराई ले आवेदन प्रक्रिया, भिसा तयारी सहयोग, छात्रवृत्ति लगायतका विषयमा प्रकाश पार्दै कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन्।

    कार्यक्रमको समग्र संयोजन तथा व्यवस्थापन Avila University का Senior Business Development Manager श्री जुगल आचार्य ले कार्यक्रम संयोजकको रूपमा सफलतापूर्वक गरेका थिए।

    कार्यक्रमको अन्त्यमा आयोजित प्रश्नोत्तर सत्रमा सहभागी परामर्शदाताहरूले भर्ना प्रक्रिया, कानुनी अनुपालन, अध्ययनपछिको रोजगारी (Post-study work) तथा अमेरिकामा विद्यार्थीको रोजगार सम्भावनाबारे जिज्ञासा राखेका थिए।

    सशक्त सहभागिता, उपयोगी प्रस्तुति र प्रभावकारी नेटवर्किङका कारण “America STEM Strong 2026” कार्यक्रम नेपाली विद्यार्थीका लागि अमेरिका STEM अध्ययनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्न र शैक्षिक साझेदारी सुदृढ गर्न सफल प्लेटफर्म बनेको आयोजकले बताएका छन्।

    Post Views: 154

    प्रकाशित मिति: २०८२ माघ ११, आईतवार १३:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.