
पश्चिम नवलपरासी । बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैशला भई फरार रहेका २ जना फरार प्रतिवादीलाई पश्चिम नवलपरासीको सरावलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सरावल ४ की वर्ष २५ कि सरोजा कुमारी अहिर र सोही स्थानका वर्ष ५५ का रामवृज केवट रहेका छन् ।


अहिरलाई बहु विवाह केशमा २०७७ फागुन ५ गते ५ सय रुपैया जरिवाना फैसला गरिएको थियो । त्यस पछि उनी फरार थिईन् । यस्तै केवटलाई गाली बैजत केशमा रु १५ सय जरिवाना सहित २०६१ चैत १८ मा फैसला भएको थियो । विहिवार बिशेष सूचनाको आधारमा जिल्लाको सरावल ४ बाट प्र.ना.नि.गोकर्ण चौहानको कमाण्डमा खटि गएको टोलीले फरार प्रतिवादीलाई नियन्त्रणमा लिई जरिवाना तथा सजायं कार्बाहीको लागि जिल्ला अदालत नवलपरासीमा पठाईएको प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।


