२ कार्तिक २०८३, आइतवार

ई-रिक्सा सञ्चालनमा कडाई गर्दै बर्दघाट नगरपालिका

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरपालिकामा दर्ता नभई नगरभित्र सञ्चालन भईरहेका ई–रिक्सा तथा अटो टेम्पुहरु माथि कडाई गरेको छ । सो अनुरुप आईतवार पहिलो दिन मात्रै नगरपालिकामा दर्ता नभई सञ्चालन भईरहेका १७ वटा ई–रिक्सा तथा टेम्पुहरु नियन्त्रणमा लिइएको बर्दघाट नगरपालिकाले जनाएको छ । माघ १ गते देखी नगरपालिकामा दर्ता नगरी सञ्चालन गर्न नपाइने भन्दै नगरपालिकाले सूचना जारी गरिसकेको थियो । नगरपालिकाले पटक–पटक सूचना जारी गर्दा समेत अटेरी गरी सञ्चालन गरिरहेका ई–रिक्सा तथा टेम्पोहरुलाई नियन्त्रणमा लिइएको र त्यसरी नियन्त्रणमा लिइएका ई–रिक्सा तथा टेम्पुहरुलाई नियमानुसार कारवाही प्रक्रिया अगाडी बढाइने प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार