बुटवल । नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे सहित ४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नापी अधिकृत दुवे सहित सर्भेक्षक ठाकुरप्रसाद गुरौ, शक्ति प्रसाद सापकोटा र पुष्पा सापकोटा विरुद्ध अख्तियार दुरुपयोग आयोगले सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।





