४ कार्तिक २०८३, मङ्लबार

नवलपरासीमा निशुल्क कानूनी सहायता कार्यक्रम पुनः सुरु, सेवा लिन आह्वान

पश्चिम नवलपरासी । जिल्ला कानूनी सहायता समितिले पश्चिम नवलपरासीमा पुनः निशुल्क कानूनी सहायता कार्यक्रम सुचारु गरेको छ । वन्द भएको करिव १० वर्ष पछि गत कात्र्तिक १ गते बाट जिल्लामा निशुल्क कानूनी सहायता कार्यक्रम पुनः सुरु गरिएको हो । समितिले आर्थिक तथा सामाजिक रुपमा विपन्न समुदाय,महिला,अपाङ्ग पिडित व्यक्तिलाई निशुल्क रुपमा परामर्श सेवा,लिखत तयार गर्ने, निवेदन ढाँचा भरिदिने, निवेदन , फिरादपत्र जाहेरी तयार गर्ने, वहस पैरवी गर्ने कार्य गर्दै आएको छ ।कानूनी सहायता अधिकारी अधिवत्ता श्रद्धा सुमन आचार्यले गत कात्र्तिक १ गते बाट जिल्लामा यो कार्यक्रम सुरु भएकाले सेवा लिन आह्वान गर्नुभयो ।
अधिवत्ता आचार्यका अनुसार वार्षिक रुपमा रु ४० हजार भन्दा कम आम्दानी भएका विपन्न नागरीक, नावालक तथा बृद्ध, लैङ्गिक हिंसा वा सशस्त्र द्धन्द्ध पिडित, घरेलु हिंसा पिडित, अपाङ्गता भएको व्यक्ति,अल्पसङ्ख्यक, कारागारमा रहेका थुनुवा वा कैदीले सो सेवा प्र्राप्त गर्ने छन् । यस अन्र्तगत जिल्लामा हाल एक दर्जन मुद्धा सम्पादनको चरणमा रहेका अधिवक्ता आचार्यले जानकारी दिनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार