४ कार्तिक २०८३, मङ्लबार

नवलपरासीमा तीर्थयात्री बोकेको बस पल्टिदा ४५ घाइते

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा तीर्थयात्री बोकेको बस अनियन्त्रित भई पल्टिँदा ४५ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको पृथ्वी चन्द्र अस्पतालमा उपचार भइरहेको छ।

त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेका यात्रुहरु लिइ गुडिरहेको UP16FT 7466 नं. को भारतिय बस पाल्हीनन्दन १ स्थित झरहीखोला नजिकै रमपुरवा स्थित भित्री सडक खण्डमा स्टेरिङ फेल भई आफै अनियन्त्रित भई बाटो देखी १० मिटर तल घोलामा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा ६०/६५ जना सवार रहेका थिए । घाइते मध्य एकजनाको टाउको मा चोट लागेको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार