५ कार्तिक २०८३, बुधबार

आधा रातमा भन्सार छलेर ल्याइएका दुई लाख मूल्य बराबरका खसी नियन्त्रणमा, मानिस भने फरार

पश्चिम नवलपरासी। पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवस्थामा दुई लाख मूल्य बराबरको खसी नियन्त्रणमा लिएको छ। सोमबार राति २ बजेको समयमा जिल्लाको सरावल -६ बण्डाबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ पैदल डोर्याउदै गरेको अवस्थामा उक्त मूल्य बराबरका ११ गोटा खसी प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एबम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए।

खटिएको संयुक्त गस्ती टोलीलाई देखे पछि उक्त खसी सोही स्थानमा छाडी मानिस फरार भएको र नियन्त्रणमा लिइएको उक्त खसी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको पाण्डेले जानकारी दिए। उक्त पशु चौपाय अवैधरुपमा को कसले ल्याएको हो भन्ने बिषयमा समेत आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार