• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रुकुम पूर्वमा खाद्यको चामलको माग बढ्यो

  •  
  • २०७९ माघ ९, सोमबार ११:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुकुम पुर्व । रुकुम पूर्वमा खाद्यको चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका अनुसार जिल्लामा चामलको माग बढेको हो । यो भन्दा पहिला जिल्लामा खाद्यको शाखा कार्यालय थिएन । चामलको माग बढेपछि जिल्लामा शाखा नै स्थापना गरेर चामल बिक्री सुरु गरिएको छ । जिल्लामा असोजदेखि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा रुकुमकोटमा स्थापना भएको छ । योभन्दा पहिला शोभा डिपो र तकसेरा डिपोबाट चामल बिक्री हुँदै आएको थियो । यो आवमा जिल्लामै शाखा स्थापना हुँदा सहज भएको शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए ।
    शाखाबाट असोजदेखि हालसम्म साढे ११ सय क्विन्टल चामल बिक्री भएको छ । रुकुमकोट शाखाबाट मात्रै यति धेरै मात्रामा चामल बिक्री भएको शाखा प्रमुख खड्काले बताए । उनका अनुसार तकसेरा डिपोबाट पनि चामल बिक्री भइरहेको छ । जिल्लामा धान कम फल्ने गर्छ । सिस्ने गाउँपालिकाबाहेक अन्य दुई पालिकामा भने कमै मात्रामा धान खेती हुने भएकाले पनि खाद्यको चामल धेरै बिक्री हुने गरेको शाखा प्रमुख खड्काको भनाइ छ ।


    असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म शाखाबाट सस्तोमा चामल बिक्री वितरण पनि भएको थियो । उक्त समयमा एक क्विन्टलमा रु सात सय छुटमा चामल बिक्री गरिएको शाखा प्रमुख खड्काले बताए । उनका अनुसार सोही अवधिमा मात्रै सात सय क्विन्टल चामल बिक्री भएको थियो । शाखाले सहकारीमार्फत गाउँगाउँमा पुगेर चामल बिक्री गर्ने योजना पनि बनाएको छ । जिल्लामा रहेका जुनसुकै सहकारीलाई चामल बिक्री गर्नका लागि आग्रह गरिएको छ । सहकारीले खाद्य शाखासँग सम्झौता गरेमा सदरमकामकै मूल्यमा गाउँमा चामल बिक्री गर्न पाउने छन् ।


    तकसेरा डिपोमा भने खाद्यको प्रादेशिक कार्यालयबाट सिधै चामल ढुवानी हुने गरेको छ । तकसेरामा रहेको डिपोमा ठेकेदारले चामल ढुवानी गर्ने गरेका छन् । प्रादेशिक कार्यालय भैरहवाले चामलको कोटाअनुसार ठेक्का आह्वान गर्ने र ठेकेदारले तकसेरासम्म ढुवानी गर्ने गरेको रुकुमकोट शाखा प्रमुख खड्काले बताए । यो आर्थिक वर्षमा तकसेरा खाद्य डिपोमा सात सय ५० क्विन्टल चामल ढुवानीको ठेक्का परेको र आवश्यक परेमा कोटा थप हुनेछ । हाल जिल्लामा खाद्य शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री भइरहेको छ ।

    Post Views: 129

    प्रकाशित मिति: २०७९ माघ ९, सोमबार ११:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.