
नवलपरासी । घरमा लुकाई छिपाई राखेको अवस्थामा नवलपरासीको प्रतापपुरबाट प्रहरीले २ लाख मुल्य वरावरको गहुँ बरामद गरेको छ । भारतवाट भन्सार छलेर ल्याएको १३३ बोरा अर्थात ६ टन ६ क्विन्टल ५० केजी गहु प्रतापपुर ५ स्थित कैलाश हजामको घरमा लुकाई छिपाई राखेको अवस्थामा बुधवार विहान प्रहरीले बरामद गरेको हो । बरामद गरिएको उक्त गहु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको नवलपरासी प्रहरीले जनाएको छ।




