• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

पुर्ण खोप कार्यक्रमलाई प्राथमिकतामा राख्दै सुनवल नगरपालिका

  •  
  • २०७९ माघ २३, सोमबार १९:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल,सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले खोप कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । सोही अनुरुप नगर भित्रका सवै वडालाई चैत अन्तिम हप्ता भित्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ । गत साल चैत २५ मा पुर्ण खोप सुनिश्चिता दिगोपना घोषणा भईसके पनि नया जन्मने बच्चाहरुलाई खोपको पहुचमा ल्याई यसको दिगोपना कायम राख्न नगरपालिका सकृय भएर लागेको हो ।सुनवलमा सोमवार भएको पालिका स्तरीय पुर्ण खोप कार्यक्रमको समिक्षा तथा पुर्णखोप दिगोपना र सरसफाई प्रर्वद्धन सम्बन्धि अभिमुखिकरण र दिगोपनाका लागि योजना तयारी गोष्ठी कार्यक्रममा पालिकामा नियमित खोपको अवस्था, सरसफाइ, पुर्ण खोपको दिगोपना र प्रबद्र्धन लगायतका बिषयमा छलफल भएको थियो ।

    कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले खोप कार्यक्रमको महत्व, नियमित खोप मार्फत सरसफाई प्रबद्र्धन कार्यक्रमको निरन्तरताका लागि खोपको औचित्य तथा प्रभावकारीतामा हरेक स्थानिय तहले सकृय भुमिका खेल्नु पर्ने बताउनुभयो ।

    सो अवसरमा नगर स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले आगामि कार्ययोजना प्रस्तुत गर्दै पालिकाको अहिलेसम्मको स्वास्थ्य अबस्था बारे जानकारी गराउनुभएको थियो । नगर भित्रका सवै वडालाई चैत अन्तिम हप्ता भित्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सवै वडामा चैत दोस्रो सातासम्म सवै घर घरमा पुगेर छुटेका बालबालिका भेटिएमा खोपको पहुँच सम्म पु¥याउने स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताउनुभयो ।

    कार्यक्रममा नगरपालिकाका नगर प्रमुख विमला अर्यालले बालबालिकालाई पूर्ण मात्रामा खोप लगाई नगरलाई पूर्ण खोप सुनिश्चितता गर्न सवै सचेत भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सुन्दा एउटा मात्रै जस्तो लागे पनि स्वास्थ्य नभए सवै क्षेत्र कमजोर हुने बताउनुभयो । नगरपालिका खोप समन्वय समिति संयोजक समेत रहनुभएकी नगरप्रमुख अर्यालले राज्यले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको बताउँदै नगरले पनि स्वास्थ्य क्षेत्रको सुधार र गुणस्तरियताका लागी विभिन्न योजना सहित बजेट विनियोजन गर्ने बताउनुभयो । उहाले पाठेघरको मुखको क्यान्सर परिक्षणका लागि कलष्टर विभाजन गरेर आगामी बजेटमा कार्यक्रम ल्याउने बताउनुभयो । साथै गुणस्तरिय सेवा प्रदानका लागी सवै स्वास्थ्यका कर्मचारी सचेत भएर लाग्न नगरप्रमुख अर्यालले आग्रह गर्नुभयो ।

    प्रशासकिय प्रमुख भक्तिराम मरासिनीले खोप अनिबार्य लगाउनुपर्ने र सबैलाइ पुर्ण खोपको सुनिश्चितताका लागी सबै जनामा सचेतना फैलाउन आबस्यक रहेको बताउनुभयो । सिनियर अहेव चुरामणी नेपालले नगरको प्रमुख योजनाका रुपमा पहिलोमा स्वास्थ्य र दोस्रोमा शिक्षालाई प्राथमिकता दिदै नगरका अन्य योजनाहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    सोही अवसरमा युएसआईडिको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमको समापन तथा कार्यक्रम हस्तान्तरण गरिएको थियो । स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत दामोदर न्यौपानेले हालसम्म भएका नतिजाहरुका वारेमा प्रस्तुतिकरण राख्नुभएको थियो ।नगरपालिकाको सभाहलमा भएको गोष्ठिमा नगर भित्रका वडा अध्यक्ष , कार्यपालिका सदस्य , स्वास्थ्य शाखाका कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविका लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

    Post Views: 261

    प्रकाशित मिति: २०७९ माघ २३, सोमबार १९:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.