३० अशोज २०८३, शुक्रबार

१५ सदस्यीय भूपु सैनिक तथा प्रहरी संगठन वडा कमिटि गठन


सुनवल । राष्ट्रीय भूतपुर्ब सैनिक तथा प्रहरी संगठन वडा कमिटि सुनवल वडा नं १ को अध्यक्षमा अम्बिका थापा चयन हुनुभएको छ । सुनवलमा सम्पन्न प्रथम अधिवेसनले थापाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा गणेश थापा, सचिबमा गौरी देवि राना, उप सचिबमा पुजा थापा, कोषाध्यक्षमा नैना देवि शर्मा र सदस्यहरुमा क्रमशः शान्ति जि सी, गुप्त बहादुर थापा, तेलामाया गुरुङ्ग, भबिन्द्र थापा, उर्मिला राना, धन बहादुर गुरुङ्ग, सिता साप्कोटा, निरमाया घतीर्, तिल बहादुर सुनार, देउरुपा थापा चयन हुनु राष्ट्रीय भुतपुर्व सैनिक तथा प्रहरी संगठन लुम्बिनी प्रदेश सचिबालय सदस्य मन बहादुर थापा मगरले जानकारी दिनुभएको छ ।


सोही अवसरमा टिका बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ ।


प्रथम वडा अधिबेशनमा भुतपुर्व सैनिक तथा प्रहरी संगठन नगर कमिटिका उपाध्यक्ष पदम बहादुर थापाको अध्यक्षता तथा भुतपुर्व सैनिक तथा प्रहरी संगठन लुम्बिनी प्रदेश सचिबालय सदस्य मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले भुतपुर्व सैनिकहरु सबै एकताबद्ध भएर अघिबध्नु प्रर्नेमा जोड दिदै नवनिर्बाचित कमिटिलाइ शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन भने नगर कमिटीका उप सचिब सीमा थापाले गर्नु भएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार