९ कार्तिक २०८३, आइतवार

सुनवल युनाइटेड इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा आज विभिन्न प्रतियोगिता

न्यूज फायर,सुनवल ।सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलमा यही फागुन १० देखी सुरु भएको तेस्रो इ.सि.ए मिट अन्तर्गत आज अंगे्रजी हाजिरी जवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल एवं प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईको प्रमुख आतित्थ्यतामा एवं विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक माया गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको शिक्षीका पुष्पा चापागाईले सांचालन गर्नुभएको थियो ।

उक्त प्रतियोगितामा विद्यालयका कक्षा ३ देखी ९ सम्मका ९६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ३ देखी ५ सम्मको अंग्रेजी हाजिरी जवाफ प्रतियोगितामा ग्यालिलीयो सदनका दिप्सन रुचाल, आकार न्यौपाने, योन्जन बोहोराको समूह प्रथम, न्युटन सदनका पूजा वर्मा, प्रोमिस महरा, शिवानी तिवारीको समूह द्धितीय , पाइथगोरस सदनका कृष्टि भण्डारी, स्मृति कार्की, स्वस्तिका जि.सीको समूह तृतीय र ग्यालिलीयो सदनका पर्नेश शर्मा, सगुन पौडेल, राधिका चौधरीको समूहले सान्त्वना स्थान हासिल गरेका छन् ।

त्यसैगरी कक्षा ६ देखी ९ सम्मको अंग्रेजी हाजिरी जवाफ प्रतियोगितामा ग्यालिलीयो सदनका मिसन पंङ्गेनी, रिवाज पौडेल, सुविक्षा गुरुङ्गको समूहले प्रथम स्थान, ग्यालिलीयो सदनका सफल ढकाल, आयुषा खराल, अंकित कँवरको समूहले द्धितीय स्थान, पाइथागोरस सदनका विशाल शर्मा, दृष्टि तिमिल्सिना, कृपा घिमिरेको समूहले तृतीय स्थान र आइन्सटाइन सदनका बिनीता बर्मा, चिरन्जन गाहा, उत्तम ज्ञवालीको समूहले सान्त्वना स्थान हासिल गरेका छन् ।

त्यसैगरी सिनियर चित्रकला प्रतियोगितामा कक्षा ८ की गुडिया वर्मा प्रथम, कक्षा ९ की पुणर्ीमा आले द्वितीय, कक्षा७ की बिनीता वर्मा तृतीय र कक्षा ६ की दिल माया सारुले सान्त्वना स्थान हासिल गरेका छन् भने मिडल तह चित्रकला प्रतियोगितामा कक्षा ५ की श्रेया सुनार प्रथम, कक्षा ५ का मनिश शरबुजा द्धितीय, कक्षा ३ की रोजस्ना कवर, तृतीय रकक्षा ३ का दिप्शन कामुले सान्त्वना स्थान हासिल गरेका छन् ।

त्यसैगरी जुनियर चित्रकला प्रतियोगीतामा कक्षा १ की प्रिन्सा क्षेष्ठ प्रथम, कक्षा २ की लक्ष्मी नाऊ द्धितीय, कक्षा २ का वरुन कँवर तृतीय र कक्षा १ का रिजन ठाडाले सान्त्वना हासिल गरेका छन् ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार