४ कार्तिक २०८३, मङ्लबार

देवदह माविको प्रधानाध्यापकमा पाण्डे

रेशम अधिकारी,रूपन्देही।  रूपन्देही देवदह नगरपालिकामा रहेको देवदह माविको प्रधानाध्यापकमा हरि प्रसाद पाण्डे नियुक्त भएका छन् । शिक्षक पाण्डेलाई विद्यालय व्यवस्थापन समितिले बुधबार प्रअमा नियुक्त गरेको हो ।

 पाण्डेले यसअघि देवदहको नुमना केरवानी माध्यमिक विद्यालयको सहप्रधानाध्यापक जिम्मेवारी समालेका पाण्डे सरुवा भै  देवदह मावि पुगेका थिए ।

माध्यमिक तह द्धीतीय श्रेणीका पाण्डे लामो समय देखी शिक्षण पेशामै कार्यरत छन् । प्रधानाध्यापकमा नियुक्त भएका पाण्डेले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासमा जोडदिने बताएका छन् । ‘मेरो मुख्य प्राथमिकता शैक्षिक गुणस्तर नै हो, ‘उनले भने, ‘त्यसपछिको विद्यालयको विकास सबै मिलेर गर्नुपर्छ र नमुना बनाउनु पर्छ ।’ विद्यालयले स्थानीय शिक्षकलाई प्रअको रुपमा पाएपछि विद्यालयको वृद्धि विकासमा अपेक्षा गरिएको छ ।

उनलाई बुधवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक र अभिभावकले  स्वागत तथा शुभकामना दिएका थिए ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार