
नवलपरासी। पश्चिम नवलपरासी — १ बाट निर्वाचित संघीय सांसद विनोद चौधरीले निर्वाचनमा जनता सामु बाचा गरेको प्रतिबद्धता अनुसारको प्राथमिकताका आधारमा काम अघि बढाउनुभएको छ । आवश्यकता अनुसार विभिन्न सरोकारवाला निकायलाई समन्वय गरी सांसद चौधरीले समग्र जिल्लाको चौतर्फी विकासका काम अघि बढाउनुभएको हो ।

सांसद चौधरीले कतिपय कामहरूको लागि नेपाल सरकारका विभिन्न निकाय , केही कामका लागि छिमेकी देश भारतको बिभिन्न निकाय साथै केही कामका लागी आफू आबद्ध रहेको चौधरी फाउण्डेसन मार्फत गतिविधि गर्दै आउनुभएको छ ।
लामो देखी सुस्त गतिमा हदै आएको बुटवल —नारायण सडक खण्ड यसैगरी जिल्लाको हुलाकी मार्गको सडक स्तर उन्नति कार्यमा अहिले सांसद चौधरीको पहलपछि कामले सन्तोषजनक रुपमा तिव्रता पाएको हो ।

यसैगरी नवलपरासीमा गण्डक नहरबाट वर्षोदेखि देखिएको समस्याको दीर्घकालीन रुपमा समस्या समाधान गर्न सांसद चौधरीले भारतीय सम्वन्धीत निकाय मार्फत पहल कदमी अघि बढाउनुभएको छ ।
जनप्रतिनिधिको रुपमा सांसद चौधरीले भारतीय दुतावास मार्फत भारतको सिँचाइ सम्बन्धी निकायमा गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरूको पूणर् कार्यान्वयन साथै गण्डकबाट सिर्जित समस्याको दीर्घकालीन रुपमा समस्या समाधान गर्न माग गर्नुभएको हो ।
सुस्ता र नारायणी नदीमा देखिएको समस्या दीर्घकालीन रुपमा समाधान गर्न भारतीय उत्तर प्रदेश देखी संघीय सरकारमा आफ्नो व्यक्तिगत र सरकारी स्तर मा समेत पहल कदमी अघि बढाउनुभएको छ ।

यता निर्वाचन क्षेत्रमा मुख्य समस्याको रुपमा रहेको स्वास्थ्य समस्या समाधान गर्न चिसापानी अस्पताल र पकलीहवा स्वास्थ्य केन्द्रमा थप स्वास्थ्य सुविधा विस्तारका लागि सीजी फाउण्डेसन मार्फत काम अघि बढाइएको छ ।
यता वर्षोदेखि नवलपरासीमा देखिएको उखु भुक्तानीको समस्या समाधानका लागि सांसद चौधरीले उद्योगी व्यापारी सँग संवाद गरी किसानले उचित समयमा उचित मूल्य पाउनुपर्ने विषयमा पहल अघि बढाएपछि किसानले केही राहतको महसूस गर्न थालेका छन् ।
यसैगरी जिल्लामा केराले उचित बजार नपाएको अवस्थालाई मध्यनगर गर्दै चौधरी ग्रुपले केरामा आधारित उद्योग सञ्चालन गर्न सीजी स्न्याक्स प्रालि उद्योग स्थापनाको काम अघि गरेको हो । यसबाट लामो समय देखी निराश बनेका केरा उत्पादन किसानहरू लाभाम्बीत हुने निश्चित छ ।
यता निर्वाचन क्षेत्रमा युवा युवतीलाई स्वरोजगार तर्फ उन्मुख गर्न प्राविधिक शिक्षा अर्थात सि जि पोलिटेक्निक शाखा कार्यालय स्थापना भएपछि विभिन्न सीपमुलक तालिम मार्फत युवा युवती लाभाम्वीत भएका छन् ।
यसैगरी यस अगाबै पश्चिम नवलपरासीकै ग्रामीण क्षेत्र सहित नारायणी नदी आसपास क्षेत्रमा गुगोल म्यापका भारतीय क्षेत्र देखिएका कारण बैक तथा वित्तिय संस्थाहरुले त्यस क्षेत्रमा आर्थिक लगानी ( ऋण दिन ) गर्न नमान्ने वैकीक लगानी तत्काल अगाडी बढउन चौधरीले बैक तथा वित्तिय संस्थाहरुमा पहल थाली सक्नुभएको हो ।
सांसद चौधरीले आफू निवार्चित भएको निर्वाचन क्षेत्रमा जनताको समस्या समाधान गर्न जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको छ । चौधरीले स्थापना गरिएको जनसम्पर्क कार्यालयबाट जनताले आफ्ना समस्या , गुनासो तथा शुझाव सहजै रुपमा राख्दै आएको छन् ।
सांसद चौधरीले नवलपरासीमा रहेको एक मात्र १५ मेगावाटको जलबिद्युत उत्पादन केन्द्रलाई क्षमता अनुसार सञ्चालन गर्न सम्वन्धीत निकायमा पहल गर्नुभएको छ । भने विशेष गरी सिमावर्ती क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयलाई संचालनमा ल्याउन सम्वन्धीत निकायमा पहल अघि बढाउनुभएको हो ।
यस वाहेक चौधरी फाउण्डेसनले जिल्लामा फरक क्षमता भएका ( अपाङ्ग ) समुदायलाई लक्षीत गरुी विभिन्न सहायता सामाग्री (हृवीलचेयर , एयरफोन , वालकर , सेतोछडी , बैशाखी ) लगायतका सामाग्री उपलब्ध गराउदै आएको छ ।
सांसद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीको बर्दघाटमा निमाणर् योजनाको रुपमा रहेको पहिलो औद्योगिक ग्राम निर्माण कार्य समेत चासो देखाउदै आउनुभएको छ । यता जेष्ठ नागरिकहरुको सम्मानका लागि प्रतेक सोमवारका दिन निर्वाचन क्षेत्रका जेष्ठ नागरिकलाई धार्मिक शाश्वत धाम भ्रमणको व्यव्स्थापन समेत मिलाउनुभएको छ ।
जो होस सांसद चौधरीले जिल्लाको विभिन्न विकास निमाणर् साथै विभिन्न समाजीक कार्यमा क्रियाशिलता बढाउदै आएपछि निर्वाचन क्षेत्रका जनताहरुले केही भएपनि विकास निमाणर् कामले थालनी भएको भन्दै थप विकास हुनेमा आशावादी बन्दै आएका छन् ।




