काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले आगामी चैत १७ गतेदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)को लागि तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो ।


परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार उपत्यकाका तीन जिल्ला बाहेक सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्याइसकिएको छ । यो वर्ष ५ लाख १६ हजार ५९५ जना विद्यार्थीले परीक्षाको लागि रजिष्ट्रेशन भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । हरेक जिल्लाको जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समितिले आवश्यक शान्ति सुरक्षा परीक्षा सञ्चालन व्यवस्थापन अनुगमन गर्ने काम गर्नेछ ।



