• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा

  •  
  • २०७९ चैत्र १३, सोमबार १८:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रामग्राम। चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पक्लीहवास्थित स्वास्थ्य केन्द्रमा विशेषज्ञसुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । सोमबार प्रतिनिधिसभा सदस्य विनोद चौधरीले सुस्ता गाउँपालिकाको वडा नं. ५ रहेको स्वास्थ्य चौकीको भवन सहित बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो ।


    नवलपरासी क्षेत्र नं. १ बाट निर्वाचित सांसद चौधरीले सेन्टर सञ्चालनमा आएपछि ग्रामिण क्षेत्रका महिलाहरु लाभान्वित विश्वास व्यक्त गर्नुभयो । उहाँले जिल्लाको दक्षिण भेगका दिदीबहिनीहरुले गाउँमै विशेषज्ञ सुविधा सहितको प्रसुति सेवा पाउने बताउनुभयो ।
    साथै उहाँले स्वास्थ्य केन्द्रको स्तरोन्नतिपछि स्थानीयले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । ‘चुनावका बेला गरिएको प्रतिवद्धता कार्यान्वयनमा हामी प्रतिवद्ध छौं,’ उहाँले भन्नुभयो, निर्वाचनका बेला हामीले जे गर्छाैं भनेका छौं, त्यसका लागि व्यवस्थित विकासको खाका बनाएर अगाडि बढिसकेका छौं ।’

    प्रदेश सभा सांसद देवकरणप्रसाद कलवारले चुनावपछि निर्वाचन क्षेत्रमा विकासका कामले तीब्रता पाएको बताउनुभयो । उहाँले सांसद चौधरीको सक्रियतामा बर्थिङ सेन्टर सञ्चालनमा आएको बताउनुभयो ।

    ‘माननीय विनोदजीले चुनाव जितेपछि हाम्रो निर्वाचन क्षेत्रमा विकासका कामहरु अगाडि बढेका छन्,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवाका क्षेत्रमा अस्पतालको स्तरोन्नतिदेखि बर्थिङ सेन्टर सञ्चालन त्यसैका उदाहरण हुन् ।’ सांसद चौधरीले निर्वाचनमा प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।


    सम्झौता अनुसार फाउण्डेसनले स्वास्थ्य केन्द्रका लागि एक जना एमबीबीएस चिकित्सक, एक जना अनमीको खर्च र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएको हो । त्यस्तै गाउँपालिकाले प्रत्येक वडामा नियमित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो ।

    फाउण्डेसनले नवलपरासीमा लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सहयोग पु¥याउदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने चौधरी फाउण्डेसनका सचिव सारिका चौधरीले बताउनुभयो । “बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएपछि यहाँका महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो । फाउण्डेसनको सहयोगमा बर्दघाटमा रहेको चिसापानी अस्पतालको स्तरोन्नतिको काम पनि अगाडि बढिसकेको छ ।

    Post Views: 221

    प्रकाशित मिति: २०७९ चैत्र १३, सोमबार १८:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    ताजा अपडेट
    • १. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • २. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • ३. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    • ४. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ५. प्रतापपुर गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव विरुद्ध पक्राऊ पुर्जी जारी

    चर्चित
    • १. अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने

    • २. कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन

    • ३. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    • ४. मध्यपुर थिमी–८ का ४२१ स्वबासी/सुकुम्लेबासीले पाए जग्गाधनी प्रमाण पुर्जा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.