
प्रकाश न्यौपाने , चैत २१ गते नवलपरासी । पश्चिम नवलपरासीको गैर सरकारी सस्था महासंघ नेपालको नेतृत्वमा सपना अधिकारी थापा सर्वसम्मत चयन हुनु भएको छ ।
गैसस महासङ्घ नेपालको १० औ अधिवेशन तथा २४ औ बार्षिक साधारणसभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको निर्वतमान जिल्ला अध्यक्ष बालिन्द्र बिक्रम शाहीले जानकारी दिनु भयो ।

शाहीका अनुसार उपाध्यक्षमा बिमल चन्द्र घिमिरे , सचिवमा चेत नारायण भण्डारी , उप सचिवमा रन्जित शर्मा, काेषाध्यक्षमा प्रमाेद कुमार खरवार, सदस्यहरुमा राजन सुवेदी, बच्चा राजभर, किशाेर गैरे, शालिकराम पाेखरेल, बिन्दु शिह, जिज्ञासा चाैधरी, आदित्य कुमार प्रजापति सर्वसम्मत निर्वाचित हुनु भएको छ ।



