२ अशोज २०८३, शुक्रबार

चितवन-२ मा लामिछानेको उम्मेदवारी दर्ता

काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले सुरुमै उम्मेदवारी दर्ता गराउनुभएको हो। चितवन २ मा कांग्रेसले दिउँसो २ बजे, एमालेले दिउँसो ३ बजे र राप्रपाले दिउँसो ४ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

यो क्षेत्रको उपचुनावमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्ने तयारी छ ।

गएको मंसिर ४ गते भएको चुनावमा चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपचुनाव हुन लागेको हो।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार