
परासी । पश्चिम नवलपरासी प्रहरीले भन्सार छलि नेपाल भित्राउदै गरेको अवस्थामा अवैध पशुचौपाया नियन्त्रणमा लिएको छ । आज आईतवार विहान सुस्ता गाउपालिका ५ तरेनीबाट प्रहरी चौकि रामनगर बाट प्रसनि बिन्दस लामिछानेको कमाण्डमा खटि गएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली चोरी गरी नेपाल तर्फ ल्याउँदै गरेको ६ वटा भैंसी र ४ वटा पाडा नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा लिइएको भैसा पाडाको मुल्य रु. ४ लाख ८० हजार रहेको र आवश्यक कार्बाहीको लागि आजै भन्सार कार्यालय महेशपुरमा बुझाएको पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
ति पशुचौपाया ल्याउने मानिसहरु फरार भएको र उक्त कार्यमा संलग्न मानिसहरूको खोजतलाश तथा अन्य अनुसन्धान कार्य भईरहेको उहाले बताउनुभयो ।


