

परासी । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा बिद्यालयहरुको बालसंरक्षण नीति सम्बन्धि कार्यशाला गरिएको छ । यूनाईटेड मिसन टु नेपाल तथा ईन्द्रेणी सामाजिक बिकाश मञ्च बर्दघाटको आयोजनामा शनिवार कार्यशाला गरिएको हो ।


गाउँपालिकामा बिद्यालयहरुको बाल सरक्षण सम्बन्धि कार्यशाला मार्फत नीति तथा निर्देशिका सम्बन्धि छलफल गरी अन्तिम दस्ताबेज तयारीको लागी बालबालिकाको अधिकार सुनिश्चित गर्ने उदेश्यले बिद्यालयहरुले पहिलो चरणको काम गरेका छन् ।

प्रतापपुर गाँउपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम ढुंगानाले प्रशिक्षण दिनुभएको कार्यशालामा प्रतापपुर गाउपालिकाका बाल अधिकार समितिका सदस्यहरु, गाँउपालिकाका ३१ बिद्यालयका प्रधानाध्यापक तथा फोकल शिक्षकहरु लगायतको सहभागिता रहेको थियो ।




