
सुनवल । पश्चिम नवलपरासीको सुनवल ७ बेतलौरीमा खेतको झारपातमा लगाएको आगो सल्किएर परालको टौवामा आगलागी भएको छ । आईवार विहान घर नजिकै खेतको झारपातमा लगाएको आगो अचानक सल्किएर रुद्रलाल सुवेदीको घर नजिकैको परालको टौवामा आगलागी भएको हो ।

आगलागी भएको भन्ने खबर प्राप्त हुन साथ खटिएको प्रहरी टोली, स्थानीय, दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
आगलागीबाट मानवीय तथा पशु चौपाया क्षति नभएको र ६० हजार मुल्य वरावरको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गर्मि र सुख्खा मौसम आए संगै जिल्लामा आगलागीका घटना बृद्धि हुन थालेका छन् ।




