
काठमाडौँ । सरकारले लामो समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट खुला गर्ने निणर्य गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निणर्य गरेको हो । भू-उपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको र यससँगै ‘भू-उपयोग पहिलो संशोधन नियमावली, २०७९ पनि स्वीकृति गर्ने निणर्य मन्त्रिपरिषद्ले गरेको छ । यस व्यवसायमा कित्ताकाट रोकिंदा लगानी गर्नेहरुको अर्बौं रुपैयाँ फसेको छ ।


घरजग्गा व्यवसायमै मन्दी आएको, यसको असर समग्र अर्थतन्त्रमै परेको आशंका गरिएको छ । कित्ताकाट खुला गरेपछि कारोबार सहज हुने छ । यसअघि नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो ।




