
बुटवल। पाल्पाको जोरधारामा सडकबाट बस खसेर दुर्घटना भएको छ । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको लु१ ख ६९ ५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेको हो । उद्दार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरी चौकी दोभानले जनाएको छ ।




